मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

प्रदीप श्रेष्ठ न्यूयोर्कका पर्यटनदूत

प्रदीप श्रेष्ठ न्यूयोर्कका पर्यटनदूत


हिमालय खबर संबाददाता-
न्यूयोर्क (अमेरिका) । नेपाल सरकारले न्यूयोर्कका लागि पर्यटनदूतमा प्रदीप श्रेष्ठलाई नियुक्त गरेको छ । पर्यटन मन्त्रालयको सिफारिसमा नेपाल पर्यटन बोर्डले श्रेष्ठलाई आउँदो दुई वर्षका लागि पर्यटनदूत नियुक्त गरेको हो । ‘अमेरिकाबाट नेपाल जाने पर्यटक बढाउने र अमेरिकाका उत्तर पूर्बी राज्यहरुमा नेपाल संबन्धित प्रचारात्मक गतिविधि विस्तार गर्ने जिम्मेवारी नेपाल सरकारले दिएको छ,’ श्रेष्ठले हिमालय खबरसँग भने ।
 
यसअघि सानफ्रान्सिस्कोका लागि सरकारले पर्यटनदूत नियक्त गरिसकेको छ । तर त्यति सकृय हुन नसकेको प्रतिकृया स्थानीय नेपाली संघसंस्थाहरुको छ । पर्यटनदूत अवैतनिक प्रकृतिको नियुक्ति हो । श्रेष्ठले नेपाल पर्यटन बोर्डको लोगो प्रयोग गर्दै अमेरिकामा नेपालको पर्यटन प्रवद्र्धनको गतिविधि सञ्चालन गर्नेछन् । 
 
‘मलाई नेपाल सरकारले दिएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्दै नेपालको गिर्दो पर्यटन उद्योगका लागि टेवा पु¥याउनेछु,’ उनले भने । 
 

शेयर गर्नुहोस:

0
Shares