मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बस दुर्घटनामा छ जना घाइते दुईको अवस्था गम्भीर

बस दुर्घटनामा छ जना घाइते दुईको अवस्था गम्भीर


बैतडी । बैतडीमा आइतबार बिहान बस दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् भने अन्य चार जना सामान्य घाइते भएका छन् । गम्भीर घाइते हुनेहरूमा बैतडी रिमका ६० वर्षीय भोजराज जोशी र दार्चुला अपि नगरपालिकाका २८ वर्षीया चन्द्रा धामी रहेका छन् । 
जोशीको टाउको र खुट्टामा र धामीको टाउको र मुखमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । 
गम्भीर घाइते दुवै जनालाई उपचारका लागि कैलाली पठाइएको छ । महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको महाकाली यातायातको ना५ख ४५६५ नंको बस बैतडीको पाटन नगरपालिका–७ ठाडमा दुर्घटनामा परेको थियो । 
बिहान ३ः४५ बजेतिर दुर्घटनामा परेको बस सडकबाट ३० मिटर तल खसेको प्रहरीले बताएको छ । बस चालक कञ्चनपुर झलारी पिपलाडी नगरपािलकाका ३२ वर्षीय भरत भट्ट प्रहरी नियन्त्रणमा रहेका छन् । चालक निदाएकाले बस दुर्घटनामा परेको बताइएको छ । 
बसमा १७ जना यात्रु सवार रहेका बताइएको छ । अन्य सामान्य घाइते भएका चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अन्य यात्रु सकुशल रहेका छन् । रासस