मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

रातो साडी चौबन्दीमा सजिएकी युवतीको गीतमा नलठ्ठिने को होला ? (हेर्नुहोस् भिडियो)

रातो साडी चौबन्दीमा सजिएकी युवतीको गीतमा नलठ्ठिने को होला ? (हेर्नुहोस् भिडियो)


काठमाडौँ । गीतकार दिलीप पौडेलको ‘सार्थक’ एल्बममा रहेको गीतलाई संगीतकार शक्ति बल्लभको संगीतमा गायक सुमित खड्काको आवाज रहेको ‘रातो साडी चौबन्दीमा सजेकी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
 
विन्ध्यावासिनी म्यूजिकले बजारमा ल्याएको एल्बम ‘सार्थक’को बिक्रीबापत आएको सम्पूर्ण रकम एमडीएफ नेपाललाई प्रदान गरिने छ ।
 
केके र सपनाको अभिनय रहेको उक्त म्यूजिक भिडियोलाई ओम प्रसाईले छायांकन तथा सम्पादन गर्नु भएको छ भने निर्देशक तथा गीतकार शंकर अधिकारी घायलले निर्देशन गरेका छन् ।  
 
उक्त म्युजिक भिडियोलाई म्युजिक हाइलाईटको युट्युब च्यानलमार्फत रिलिज गरिएको छ ।