कञ्चनपुर । विषादी सेवन गरेकी कञ्चनपुरको बेदकोट नगरपालिका– १२ की कौशिल्या नाथको मृत्यु भएको छ ।
मङ्गलबार विषादी सेवन गरेकी नाथलाई आफन्तले उपचारका लागि महाकाली अञ्चल अस्पतालमा भर्ना गराएका थिए । अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत तर्फ लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
यसैगरी, कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीका २८ वर्षीय गणेश बोहराले घर नजिकको सामुदायिक वनभित्रको रुखमा झुन्डिएर हिजो आत्महत्या गरेका छन् ।
आत्महत्या गरेका बोहराको शव परीक्षण पश्चात आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । रासस
प्रतिक्रिया