मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

त्रियानब्बे वर्षमा सीतामाया दर्जीले पाइन नागरिकता

त्रियानब्बे वर्षमा सीतामाया दर्जीले पाइन नागरिकता


इलाम । इलाम शान्तिपुरकी सीतामाया दर्जी बुढेसकालमा नागरिकता पाउँदा हर्षित भएका छन् । 
 
अर्थाभावका कारण सदरमुकामसम्म पुगेर नागरिकता लिनबाट वञ्चित दर्जीलाई जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती शिविर वरदान साबित भयो । ‘शिविर नपुगेको भए नागरिकता नपाई मरिन्थ्यो होला’, त्रियानब्बे वर्षीया दर्जीले भने, ‘नागरिकता भएपछि वृद्धभत्ता पनि पाइने भयो ।’ 
 
सहायक प्रजिअ सुजन फागोले अहिलेसम्ममै सबैभन्दा ज्येष्ठ नागरिकलाई गाउँमै पुगेर नेपाली नागरिकता प्रदान गर्दा आफूलाई  खुसी लागेको बताए । जिल्ला प्रशासन कार्यालयले शान्तिपुर गाविसमा सञ्चालन गरेको तीनदिने घुम्ती शिविरमा २९२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको नासु रामप्रसाद उप्रेतीले जानकारी दिए । 
 
शिविरमा निर्वाचन कार्यालयले ३२७ जनाको तस्बिरसहितको मतदाता नामावलीका लागि विवरण सङ्कलन गरेको छ । त्यस्तै महिला तथा बालबालिका कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र, जिल्ला कृषि विकास कार्यालयले माटो परीक्षण तथा किसानलाई रोग र कीराको विषयमा जानकारी गराएको थियो । 
 
शिविरमा जिल्ला पशुसेवा कार्यालयले पशुमा लाग्ने रोग, पशु स्वास्थ्य तथा नस्ल सुधारसम्बन्धी सेवा प्रदान गरेको थियो । प्रशासन कार्यालयले यसअघि पनि जिल्लाका चुलाचुली, माईमझुवा, आमचोकलगायत गाविसमा घुम्ती शिविर सञ्चालन गरेको थियो । रासस
 

 

शेयर गर्नुहोस:

0
Shares