मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

धुर्मुस सुन्तली फाउन्डेसनलाई जापानबाट सहयोग रकम जुट्दै

धुर्मुस सुन्तली फाउन्डेसनलाई जापानबाट सहयोग रकम जुट्दै


जापान । सिन्धुपाल्चोकको नमुना एकीकृत बस्ती निमाणार्थ हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चलाएको धुर्मुस सुन्तली फाउन्डेसनलाई जापानबाट व्यक्तिगत र संस्थागत सहयोग रकम जुट्ने क्रम बढिरहेको छ । 
 
मङ्गलबारसम्ममा सात लाख ७१ हजार ४५२ जापानीयेनभन्दा बढी सहयोग पुगेको छ । 
 
धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा सुरु गरेको नमुना एकीकृत बस्ती निर्माणमा सहयोगार्थ आर्थिक सङ्कलन अभियानबाट सबैभन्दा बढी रकम सङ्कलन भएको छ । 
 
संस्थागत रुपमा ‘विइ फर अल’ र व्यक्तिगत रुपमा सबैभन्दा पहिला व्यवसायी नरबहादुर थापाले पठाएको रकम गरी जापानबाट सात लाख ७१ हजार ४५२ जापानीयेनभन्दा बढी सहयोग पुग्ने भएको हो । 
 
नेपालकैलाई नमुना काम भएकाले व्यक्तिगत तथा सस्थांगत रुपमा सहयोगीकर्ताहरु थपिँदै गएकाले अभियान पर्सि शुक्रबारसम्म लम्ब्याइएको संयोजक शिवकुमार तण्डुल्कारले बताउनुभयो । 
 
सामाजिक कार्यमा लागेका धुर्मुस सुन्तलीको योगदानलाई स्मरण गर्दै सहयोगी थपिने क्रम जारी रहेको कतिपयले सिधै फाउन्डेसनमै सहयोग दिने गरेको बताइएको छ । रासस