मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्रपति ओबामा रात्रि क्लबमा मारिएकाहरुको श्रद्धान्जली दिन फ्लोरिडा जाने

राष्ट्रपति ओबामा रात्रि क्लबमा मारिएकाहरुको श्रद्धान्जली दिन फ्लोरिडा जाने


वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डो सहरमा अवस्थित रात्रि क्लबमा भएको नरसंहारस्थलमा आगामी बिहीबार पुग्नुहुने भएको छ । 
 
उक्त स्थलमा गोली चलाएर एक व्यक्तिले कम्तीमा पनि ४९ जनाको हत्या गरेको थियो । त्यस स्थानमा पुगेर राष्ट्रपति ओबामाले मारिएका व्यक्तिलाई श्रद्धान्जलीका साथै उनीहरुका परिवारलाई समवेदना दिनुहुने कार्यक्रम रहेको बताइएको छ । 
 
ह्वाइट हाउसले राष्ट्रपति ओबामा त्यहाँ जाने तयारी गर्नुभएको बताएको छ । ह्वाइट हाउसले जनाएअनुसार उक्त स्थलमा पुगेर राष्ट्रपति ओबामाले स्थानीय समुदायलाई सान्त्वना दिनुहुने छ । 
 
सो रात्रि क्लबमा एकजना सशस्त्र बन्दुकधारीले आइतबार गोली चलाउँदा कम्तीमा पनि ४९ जनाको मृत्यु भएको थियो । अरु ५३ जना घाइते भएका छन् । सबैजसो घाइतेको उपचार जारी रहेको प्रहरीले जनाएको छ । 
 
अफगान मूलको अमेरिकी नागरिक ओमार मातिनले सुरुमा सो क्लबमा मनोरञ्जनरत रहेका केही युवालाई बन्धक बनाएको र उनीहरुलाई छुटाउने क्रममा आफैँले बन्दुक हानेर हत्या गरेको थियो । 
 
त्यस आक्रमणमा सम्लग्न व्यक्तिको प्रहरीको गोली लागी मृत्यु भएको छ । प्रहरीले आक्रमणको मुख्य पात्र ओमारका बारेमा खोजी गरेको थियो । सो व्यक्ति अफगान मूलको अमेरिकी नागरिक र उसको नाम ओमार मातिन रहेको छ । 
 
तेइस वर्षको सो व्यक्तिको विगतको व्यवहार र अरु सम्बन्धित विषयमा प्रहरीले खोजी गरिरहेको जनाइएको छ । त्यस घटनाको अनुसन्धान विस्तृत रुपमा गर्न प्रहरीले विशेष प्रहरी युनिट खडा गरेको जनाएको छ । 
 
उ मानसिक रुपमा पनि ठीक नपाइएको स्वास्थ्य प्रमाणपत्र पनि प्रहरीले हात पारेको जनाएको छ । त्यस घटनाको जिम्मेवारी भने ९इस्लामिक स्टेट० आइएसले लिएको थियो । 
 
घटना भएको लगत्तै आतङ्कवादी संस्था आइएसले त्यस आक्रमणको जिम्मेवारी लिएपछि प्रहरीले उसको बारेमा अनुसन्धान थालेको हो । तर अमेरिकी प्रहरीले सो जिम्मेवारीको विषयमा पूर्ण विश्वास गर्न नसकिने भन्दै त्यस विषयमा पनि अनुसन्धान थालेको छ । 
 
राष्ट्रपति ओबामाले त्यस हत्याकाण्डका विषयमा ह्वाइट हाउसमा बोलाएर अमेरिकी तथा फ्लोरिडा राज्यका सुरक्षा प्रमुखसँग पनि सोधपुछ गर्नुभएको थियो । 
 
सोधपुछपछि उक्त हत्याकाण्ड अमेरिकी घरायसी मामिलाको अतिवादसँग सम्बन्धित भएको निष्कर्ष निकालिएको छ । यो आइएसले भनेजस्तो उसले गरेको हत्या नभई अमेरिकामा हुने गरेका समय समयका हत्याकाण्डको नै एक निरन्तरता हो भनिएको छ । सिन्ह्वा