मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गृहमन्त्री बस्नेतलाई विप्लव माओवादीको चुनौती

गृहमन्त्री बस्नेतलाई विप्लव माओवादीको चुनौती


काठमाडौँ । पछिल्लो समय नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीले एनसेल टावरमा निरन्तर तोडफोड तथा आगलागी गर्न थालेको छ । यसैबीचमा गृहमन्त्री शक्ति बस्नेतले विप्लवलाई संकेत गर्दै अराजक गतिबिधि गर्नेलाई नछाड्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
 
तर, विप्लव माओवादीले भने गृहमन्त्रीको निर्देशनलाई धावा बोल्दै टावर हान्न नछाड्ने बताएको छ । राज्यलाई कर नतिरेको भन्दै दूरसञ्चार प्रदायक कम्पनी एनसेलको टावरमा आक्रमण गरिरहेका विप्लवले सामाजिक सञ्जाल फेसबुकमार्फत टावर हान्न नछाड्ने बताएका हुन् ।
 
उनले आफूहरुमाथि दमन भए प्रतिरोधमा उत्रने बताउँदै जुनसुकै टावर ध्वस्त पार्न सक्ने चेतावनी दिएका छन् । यसले सुरक्षा व्यवस्थालाई कडा पार्न र अराजक गतिबिधि हुन नदिन गृहमन्त्रीलाई चुनौती थपिने देखिएको छ । 
हेर्नुहोस् विप्लवको फेसबुक स्टाटस :