मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एएनए सम्मेलनमा नेपथ्यले अमेरिका थर्काउने

एएनए सम्मेलनमा नेपथ्यले अमेरिका थर्काउने


हिमालय खबर संबाददाता –
एटलान्टा (जर्जिया)। एटलान्टा (जर्जिया) । एशोशिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को आउँदो जुलाई १ देखि ४ सम्म एटलाण्टामा हुने सम्मेलनमा सांगितिक कार्यक्रम प्रस्तुत गर्न नेपाली संगीतको अग्रणि नाम 'नेपथ्य ब्याण्ड' आउने भएको छ ।
 
संस्थाका बरिष्ठ उपाध्यक्ष डा. शम्भु ढुंगानाका अनुसार नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएको नेपथ्य ब्याण्ड, बिशेषत नेपाली युवाहरुको त झन धडकननै मानिन्छ। जे जस्तो असहज परिस्थितिलाई पनि सहज बनाउदै धेरै नेपालीहरु 'नेपथ्य कन्सर्ट' हेर्नका निम्ति जति टाढा पनि उडेर होस या गुडेर नेपालीहरू पुग्ने गर्छन।
 
प्रिमियर लाइट तथा साउण्ड सिस्टम भएको, अमेरिकाका उत्कृष्ठहरु मध्येको एक एटलाण्टा को केन्द्रमा रहेको कोजी लन्ज चेयर, १०५० सीट क्षमता भएको थिएटर सेण्टर स्टेज एटलाण्टा मा कार्यक्रम हुन लागेको जानकारी उपाध्यक्ष विजयराज भट्टराईले बताए।
 
सन् १९९० मा स्थापित नेपथ्य ब्याण्डका हाल सम्म ९ वटा एल्बम बजारमा आएका छन्। उक्त ब्याण्डले बर्षातको मौसम, छेक्यो छेक्यो, एउटा चिठ्ठी, जोमसोमै बजारमा, यो जिन्दगानी, भेडाको उन,  तालको पानी जस्ता धेरै नेपाली जन-जिब्रोमा झुन्डिने गीतहरु गाइसकेका छन्। 
 
अमृत गुरुङको नेतृत्वमा रहेको उक्त ब्याण्ड को भोकलिस्ट पनि उनै हुन्। ध्रुव लामा, सुरज थापा, सुबिन शाक्य, नीरज गुरुङ तथा शान्ति रायमाझी भने टीमको बिभीन्न बाद्यबादक हुन। ब्याण्ड टीममा किरण श्रेष्ठ, अर्पण शर्मा, अल्का मास्के, साजन मास्के, प्रदीप खनाल, पदम बज्राचार्य र सुदीप बिस्टले प्राबिधिक तथा ब्यबस्थापकीय कार्य गर्दछन। 
 
कार्यक्रममा सहभागी हुँदा नेपथ्य पुरै ब्याण्ड टीमका साथ मात्र कार्यक्रम प्रस्तुत गर्ने गर्दछ। त्यसैले पनि सधै आफुलाई उत्कृष्ठ रुपमा प्रस्तुत गर्न सफल भएको छ। भारतको सिक्किमदेखि अस्ट्रेलियाको सिड्नी, इजरायल, हङकङ, दक्षिण कोरिया, अमेरिका, जर्मनी, फिनल्याण्ड लगायत धेरै मुलुकहरुमा नेपथ्यले प्रस्तुती गरिसकेको छ। 
 
कन्सर्ट हेर्न अमेरिका का बिभिन्न राज्य बाट अनलाइन टिकट किन्ने क्रम जारी रहेको कार्यक्रमको संयोजन गरिरहनु संस्था का महासचिव डा. अनुप श्रीवास्तवले बताए। नेपथ्य कन्सर्टको टिकट साधारण $३५, डिलक्स $५० र प्रिमियम एकसय डलर रहेको छ। उक्त टिकट अनलाइन http://anaconvention2016.dwork.co/  मा गएर किन्न सकिने उपाध्यक्ष भट्टराइले जानकारी दिए। 
एएनए सम्मेलन का सम्पूर्ण कार्यक्रमलाई पूर्ण ब्यबस्थित बनाउन स्थानीय स्तरमा नुरज मास्के, शरद सिंह, श्याम सेढाई, प्रेम कुँवर, इच्छा बास्तोला, मंजिला पोखरेल, जनक बराल, सूर्य लम्साल, दिलीप बानिया, सिके पराजुली, बचन केसी, श्याम सेढाई, सौरभ भण्डारी, दीपक पहारी, प्रणय लामा, सन्तोष पहारी, डा संजीव सापकोटा, डिजे गोर्खाली, पदम बिश्वकर्मा, किरण ढकाल, गौतम दाहाल र राजा घलेको नेतृत्वमा बिभिन्न कमिटि, उप-कमिटि गठन गरिएको छ । सम्मेलन सफल बनाउनका लागि सबै पदाधिकारीहरू यतिखेर अहोरात्र खटिरहेका छन् ।