मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेप्लिज अमेरिकन सम्मेलनका लागि मेयरको शूभकामना

नेप्लिज अमेरिकन सम्मेलनका लागि मेयरको शूभकामना


हिमालय खबर संबाददाता 
लसएन्जलस (अमेरिका) । एफ वान ग्रुपको आयोजनामा यही जुलाई २ देखि ४ तारिख सम्म क्यालिफोर्नियाको लसएन्जल्स शहरमा हुन लागेको नेप्लिज अमेरिकन कन्भेन्सनको लागि लंगबीच शहरका मेयर रोबर्ट गार्सियाबाट शुभकामना व्यक्त गरेका छन् ।
 
मेयर रोबर्ट गार्सियाले लस एन्जल्समा हुन गईरहेको पहिलो नेप्लिज अमेरिकन कन्भेन्सनको लागि आयोजक प्रति खुलेर प्रशंसा गर्दै यो युवाहरुको लागि सुनौलो अवसर र प्रेरणात्मक कार्य हो भनेका छन् । उनले कार्यक्रम सफलताको लागि शुभकामना समेत दिएका छन् । 
 
विभिन्न राष्ट्रका प्रवासी नागरिकहरु बसोबास गर्ने क्षेत्र लसएन्जलस शहर अनि प्रवासी युवाहरुको नै पहलमा यस्तो विशाल सम्मेलनको हुन गईरहेको अवस्थामा उनि आफुलाई उक्त शहरको मेयर हुँदा गौरवान्वित महसूस गर्दै अमेरिकी बहुसंख्यक राष्ट्रका नागरिकहरुले गरिएको सम्पुर्ण संस्कृति झल्कने गतिविधिमा आफु सधै सकारात्मक हुने प्रतिवध्दता मेयरले व्यक्त गरेका छन् ।