मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

लप्पन छप्पन अब नेपालमा

लप्पन छप्पन अब नेपालमा


गोल्डेन हिल्स पिक्चर्स प्रा.लि. प्रस्तुति नेपाली चलचित्र लप्पन छप्पन युरोपका विभिन्न भागको छायाँकन सकाएर अब नेपालमै छायाँकन गर्ने गरी फर्किएको छ । स्वीजरल्याण्ड जस्तो विकसित एवं रमणीय देशसहित हल्याण्ड,
 
बेल्जियम एवं लक्जमवर्गमा छायाँकन गरिएको लप्पन छप्पनले युरोपको मुख्य रमणीय स्थानलाई क्यामरामा कैद गरेको छ । नेपाली चलचित्र यसरी युरोपसम्म पुगेर छायाँकन हुनु पनि आफैंमा उपलब्धी हो । लप्पन छप्पनमा हलिउडका कलाकार ओलिभर ब्लुर्कले अभिनय गरेका छन् । ओलिभरसँगै लप्पन छप्पनमा नेपाली चर्चित कलाकारहरुको बाहुल्याता छ भने विदेशमा रहेका नेपालीले पनि लप्पन छप्पनमा अभिनय गरेका छन् ।
 
लप्पन छप्पनमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटी, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ति भट्ट लगायतका कलाकारहरुको जमघट रहेको छ । हलिउडका कलाकार सहित नेपालका चर्चित कलाकारहरुको अभिनयका कारण पनि चलचित्र हेर्नलायक बनेको निर्देशक मुकुन्द भट्टको दाबी छ । यसो त युरोपमा ५० प्रतिशत भाग छायाँकन गरिएको चलचित्र लप्पन छप्पनको ५० प्रतिशत छायाँकन नेपालमै पनि बाँकी छ ।
 
चलचित्रमा मुकुन्द भट्टले निर्देशन गर्नुका अलावा लेखन पनि गरेका छन् । चलचित्रको छायाँकार पुरुषोत्तम प्रधान हुन् द्वन्द्व निर्देशन चन्द्र पन्तले गरेका छन् । चलचित्रका सम्पादक सुरेन्द्र पौडेल हुन् भने संगीत दिपक आरजेको रहेको छ । चलचित्रका निर्माता डम्बर बहादुर चन्द, सहनिर्माता इन्द्रप्रसाद खरेल, कार्यकारी निर्माता सहदेव गौतम एवं प्रस्तुतकर्ता सानुका कँडेल रहेकी छिन् । चलचित्रलाई एक्सन थ्रीलर बनाईको छ ।

शेयर गर्नुहोस:

0
Shares