हिमालय खबर संबाददाता-
लस एन्जलस (अमेरिका) । नेपाल अमेरिका एकता समाजको आयोजनामा आइतबार अमेरिकाको नागरिकता र यसको प्रकृयाका बारेमा जानकारीमुलक अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।
अमेरिकी सरकारका युएससिआइ डिस्ट्रिक्ट २३ का कम्युनिटी रिलेसन अफिसर ब्राण्डन एल. मनान्सिअसँग नेचुरलाइजेसनको प्रकृया र नागरिकतापछिका फाइदाका विषयमा छलफल गरिएको थियो । लस एन्जलसमा बढ्दै गएको नेपाली समुदायलाइ जानकारी दिनका लागि आयोजित उक्त कार्यक्रममा अमेरिकी नागरिकता प्राप्त गर्नको लागि गर्नुपर्ने प्रकियाको सन्दर्भमा पनि छलफल गरिएको संस्थाकी महासचिव डोल्मा लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा लसएन्जल्समा स्थित संस्थामा आवद्ध अधिकांश पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । उपस्थित सम्पूर्ण नेपाली समुदायका सदस्यहरुलाई नागरिकता किन लिने, कसरी लिने र अमेरिकी नागरिकता लिन सकिने प्रावधानका विषयमा आधारित रहेर ब्राण्डनले जानकारी दिएका थिए ।
प्रतिक्रिया