मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इन्द्रेणी सांस्कृतिक संघद्वारा बीमा वहश, टेक्ससका एक एजेण्टमाथि अनुसन्धान जारी

इन्द्रेणी सांस्कृतिक संघद्वारा बीमा वहश, टेक्ससका एक एजेण्टमाथि अनुसन्धान जारी


हिमालय खबर संबाददाता-
ड्यालस (अमेरिका) । इन्द्रेणी सांस्कृतिक संघले आइतबार साँझ नेपाली मन्दिरको हलमा जीवन बीमा सम्बन्धी वृहद छलफल कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । कार्यक्रममा टेक्सास राज्यका जीवन बीमामा हुने फ्रड सम्बन्धी कानूनी बिशेषज्ञ तथा करका हिसाबले जीवन बीमाको विषयमा ज्ञान राख्ने सिपिएका दुई अलग अलग कार्यपत्र पेश भएको थियो । 
 
टेक्सास डिपार्टमेन्ट अफ इन्सुरेन्सको फ्रड सम्बन्धि हेर्ने विभागका ’क्रिमिनल डिस्ट्रिक्ट एटोर्नी विलियम डी. वाल्लेसले (William D. Wallace, Criminal District Attorney, Texas Department of Insurance , Fraud Prosecutor) जीवन बीमा सम्बन्धी नेपालीहरुको संस्थाले निमन्त्रणा गरेको कार्यक्रम हुँदा आफूले नेपाली एजेन्ट र बीमा सम्बन्धी बिशेष जानकारी लिएर आएको उल्लेख गर्दै झण्डै ४० मिनेट लामो आफ्नो प्रस्तुती पेश गरेका थिए ।  
 
जीवन बिमा आफैमा नराम्रो नभएको उल्लेख गर्दै वाल्लेसले बिक्रेताले क्रेतालाई झुक्काएर विक्री गरेमा त्यो फ्रड मानिने बताए । त्यस्तो अवस्थामा बिक्रेता सजाय भागी हुने बताउँदै उनले कुनै पनि बीमा नराम्रो नरहेकोले सबै प्रकारका बीमामा केही गुण तथा अवगुण रहेको भन्दै मुख्यत टर्म इन्सुरेन्स, होल लाइफ इन्सुरेन्स र युनिभर्सल इन्सुरेन्सको बारेमा बिष्तृत जानकारी दिएका थिए ।  उनले हालसम्म अमेरिकाका १३ इन्सुरेन्स एजेन्टमाथि इन्सुरेन्स फ्रड मुद्धा छानबिनमा रहेको जानकारी दिए ।  त्यसमध्ये एकजना टेक्सासका लाइसेन्स होल्डर भएको बताए । 
 
अर्का प्रस्तोता सिपीए बिलाश उपाध्यायले करका हिसाबले जीवन बीमा सम्बन्धी वृस्तृत जानकारी गराउनु भयो । जीवन बीमा लगानी नभएको प्रस्ट पार्दै उनले बीमाकै अन्य पाटाहरु 401 K, IRA, Retirement Plan एबिल का बारेमा बिष्तृत जानकारी दिएका थिए । 
 
अपरान्ह ४ बजे सुरु भएको उक्त कार्यक्रम दुईघण्टासम्म चलेको थियो । कार्यक्रमको संचालन इन्द्रेणी सांस्कृतिक संघका महासचिव रुपेश न्यौपानेले गरेका थिए । कार्यक्रमको संयोजन संघका कोषाध्यक्ष कमल शर्माले गरेका थिए । 
 
कार्यक्रमको अन्तमा इन्द्रेणी सांस्कृतिक संघका तर्फबाट एटोर्नी विलियम डी वाल्लेसलाई चिनो स्वरुप नेपाली खुकुरी अध्यक्ष ताराप्रसाद भुषालले प्रदान गरेका थिए । अर्का प्रस्तोता सिपिए उपाध्यायलाई पनि इन्द्रेणी सांस्कृतिक संघको तर्फबाट चिनो प्रदान गरिएको थियो ।  
 
झन्डै ९० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाका  प्रतिनिधि तथा बिभिन्न लाइफ इन्सुरेन्सका एजेन्टहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा सहभागीहरुको जिज्ञासाको प्रस्तोताहरुले सटिक रुपमा जवाफ दिएका थिए ।