मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बाल्टीमोरमा प्रवासी नेपाली मञ्चको अधिवेशन

बाल्टीमोरमा प्रवासी नेपाली मञ्चको अधिवेशन


हिमालयखबर संबाददाता-
टेक्सस (अमेरिका) I प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशन आउँदो सेप्टेम्बरभित्र हुने भएको छ । मञ्चका अध्यक्ष सञ्जय थापाका अनुसार अधिवेशन पूर्बी अमेरिकी राज्य मेरिल्याण्डको प्रमुख शहर बाल्टीमोरमा हुनेछ । ‘हामीले बाल्टीमोरमा गर्ने निधो गर्यौं अब केही दिनमा मिति पनि तय गर्नेछौ,’ थापाले हिमालय खबरसँग भने ।
 
प्रवासी नेपाली मञ्च नेपालमा नेकपा एमाले निकट रहेका कार्यकर्ताहरुको संस्था हो । अहिले यो संस्थामा अमेरिकाभरि रहेका झण्डै नौसय नेपालीहरु आवद्ध छन् । अधिवेशनको तयारीको क्रममा अहिले सदस्यता नवीकरण धमाधम अघि बढेको छ । हालसम्म अमेरिकाका १५ वटा राज्यहरुमा मञ्चका राज्यकमिटीहरु गठन भइसकेका छन् । ‘गत डिसेम्बरमा सिकागोमा भएको दोस्रो सम्मेलनले सेप्टेम्बरमा अधिवेशन गर्ने निर्णय गरेको थियो,’ थापाले भने–‘त्यसै अनुसार अघि बढेका छौं ।’
 
मञ्चका केही पदाधिकारीहरु र राज्य कमिटीहरुबाट अगष्टमा अधिवेशन गर्न सुझाव गएको छ । सेप्टेम्बरमा अधिवेशन भएको खण्डमा प्रधानमन्त्री केपी ओलीबाट उद्घाटन गराउने योजनामा पदाधिकारीहरु छन् । सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन हरेक वर्ष नेपालबाट प्रधानमन्त्री आउने गर्छन् । 
 
मञ्चको अधिवेशनले आउँदो तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ । वर्तमान अध्यक्ष थापाले नयाँ नेतृत्वको लागि अनिच्छा देखाउनुभएको छ । ‘मलाई अघिल्लो पटक साथीहरुले सर्वसम्मत रुपमा अध्यक्ष बनाउनुभएको हो, त्यसो हुँदा अरु साथीहरुलाई पनि मौका दिनुपर्छ भन्नेमा म छु,’ थापाले भने ।  प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन सन् २०१३ को अगष्ट १ देखि ३ सम्म न्यूयोर्कमा भएको थियो ।