मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुम्बईमा सडक दुर्घटना, कम्तीमा सत्र व्यक्तिको मृत्यु

मुम्बईमा सडक दुर्घटना, कम्तीमा सत्र व्यक्तिको मृत्यु


नयाँ दिल्ली । भारतको मुम्बाई पुणे राजमार्गमा आइतबार बिहान भएको एक सडक दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु भएको समाचार छ । एक निजी बस अर्को दुई कारसँग ठोक्किँदा भएको यस दुर्घटनामा परी कम्तीका १७ व्यक्तिको मृत्यु हुनको साथै अन्य ४० जना घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले बताउनु भएको छ 
 
स्थानीय समयाअनुसार आइतबार बिहान ५ः३० बजे एक रात्रिबस दुईवटा कारसँग ठोक्किँई सो घटना भएको बताइएको छ । यस दु्र्घटनामा एक छ महिने बालकसहित १७ जना व्यक्तिको दुर्घटनास्थलमै मृत्यु भएको र घाइतेहरुलाई भने स्थानीय अस्पतालमा उपचारको लागि भर्ना गरिएको जनाइएको छ । 
 
घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्नेसमेत प्रहरीको अनुमान रहेको छ । यस घटनामा ज्यान गुमाउने प्रायः व्यक्ति बसका यात्रुहरु रहेका बताइएको छ । यस दुर्घटनाको कारण पत्ता लगाउनको लागि सरकारी अधिकारीहरुले सम्बन्धित व्यक्तिहरुलाई आदेश दिएका छन् । भारतको विश्वको तुलनामा उच्च मात्रामा सडक दुर्घटना हुने देश हो ।
 
सरकारी तथ्याङ्कको अनुसार यहाँ प्रत्येक बर्ष २ लाखभन्दा बढी व्यक्ति सडक दुर्घटनामा मारिने गरेका छन् । सिन्ह्वा