मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाको टेक्सस बाढीले प्रभावित, नेपालीहरु सुरक्षित

अमेरिकाको टेक्सस बाढीले प्रभावित, नेपालीहरु सुरक्षित


हिमालयखबर संबाददाता-
ह्युस्टन (अमेरिका) । अमेरिकाको दक्षिणी शहर ह्युस्टनमा ४० वर्षको अवधिमा सबैभन्दा ठूलो बाढी आएको छ । झण्डै १५  हजार नेपालीको बसोबास रहेको ह्युस्टन शहरको रोशनवर्ग र रिचमण्ड शहर पुरै जलमग्न भएको छ । बुधबारदेखिको लगातार वर्षाले अमेरिकाका दक्षिणी राज्यहरु टेक्सस, ओक्लाहोमा, लुजियाना सर्वाधिक प्रभावित भएका छन् ।
 
बाढीले ह्युस्टनको रोशनवर्ग र रिचमण्डमा सयौं परिवारहरु विस्थापित भएका छन् । स्थानीय समाचारमाध्यमहरुले जनाए अनुसार यस्तो बाढी र वर्षा ह्युस्टनमा ४० वर्षको अवधिमा पहिलोपटक आएको हो ।
 
ह्युस्टनका धेरै राजमार्गहरु बाढीले गर्दा स्थानीय सरकारले बन्द गरेका छन् । फोर्टबेण्ड र ब्राजोरिया काउण्टी बाढीले सबैभन्दा बढी प्रभावित छन् । त्यस्तै, ग्रेटर ह्युस्टनको स्प्रिंग, किंग्सउड, पास्देना, रोजनवर्ग, साइप्रेस र रिचमण्ड बाढीले प्रभावित हुन पुगेका छन् ।
 
मौसम विभागले जनाए अनुसार शुक्रबारसम्म भारी वर्षा जारी रहनेछ । त्यतिन्जेलसम्म सुरक्षित हुन स्थानीय सरकारी निकायहरुले अपिल गरेका छन् । 
 
नेपालीहरुको सबैभन्दा ठूलो बसोबास रहेको ड्यालसमा पनि विहीबारको वर्षाले धेरै ठाउँको जनजीवन प्रभावित बनाएको छ । मौसम विभागले स्थानीयवासीहरुलाई मोबाइलफोनमा सन्देश पठाउँदै सतर्क रहन अपिल गरेको थियो । ड्यालसको डिएफडब्ल्यू अन्तर्राष्ट्रिय विमानस्थलमा विहीबार दिउँसो झण्डै दुई इन्च पानी जमेका थियो । 
 
फोर्डहुडमा उद्धारका निम्ति गएका सैनिक गाडीलाई समेत बाढीले बगाएको थियो । उक्त घटनामा तीन सैनिकको निधन हुनुका साथै ६ जना हराईरहेका छन् । अरु तीन सैनिकको उद्धार गरिएको थियो । फोटो साभार: सामाजिक संजाल

शेयर गर्नुहोस:

0
Shares