हिमालय खबर संबाददाता-
लसएन्जलस (अमेरिका) । पहिलो अमेरिकन नेप्लिज अमेरिकन कन्भेन्सनको क्रममा हुने खेलकुद प्रतियोगिताको टीम दर्ता सम्पन्न भएको छ । बुधबार साँझ बसेको बैठकमा हालसम्म दर्ता भएका टिमहरुको प्रगति विवरण सार्वजनिक गरिएको थियो । स्पोर्टस को–अर्डिनेटर उत्तम थापाले दिनु भएको जानकारी अनुसार, फुटबलतर्फ ११, भलिबलमा ६, बास्केटबलमा ६, क्रिकेटमा तीन टीम दर्ता भएका छन् । त्यस्तैगरि टेबुल टेनिस, गल्फ र ब्याटमिन्टनका लागि दर्ता भएका खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ ।
टीम दर्ताको लागि मे ३१ सम्मको म्याद दिइएको थियो । फुटबल बाहेक अन्य खेल पा“च दिन म्याद थप गरिएको छ । यसै गरि खेलाडीहरुको नाम जुन १० सम्म बुझाई सक्नुपर्ने प्रावधान राखिएको छ । जुन १२ मा लसएन्जल्समा मा प्रि–कन्भेन्सन भलिबल प्रतियोगिता आयोजना हुनेछ ।
उक्त बैठकमा कन्भेन्सनका मुख्य को–अर्डिनेटर बास बिष्णु, स्पोर्ट्स को–अर्डिनेटर उत्तमजंग थापा, भलिबल को–अर्डिनेटर गंगा बस्नेत, क्रिकेट को–अर्डिनेटर बिशाल ढकाल र निश्चल भट्टराई, बास्केटबल को–अर्डिनेटर बिबेक श्रेष्ठ, एक्जुकेटिभ टीमका तर्फबाट अनिल केसी र समिर थापाका साथ साथै कल्चुरल को–अर्डिनेटर अनुषा कार्की सहितको सहभागी थियो । पहिलो नेप्लिज कन्भेन्सनलाई भव्य रुपमा सम्पन्न गराउन सम्पुर्ण लसएन्जल्सबासी नेपाली उत्साहित छन् ।
प्रतिक्रिया