मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितुवाको आक्रमणबाट वृद्धाको मृत्यु

चितुवाको आक्रमणबाट वृद्धाको मृत्यु


फलेवास (पर्वत) । पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ खुर्कोटस्थित बूढाघर बस्ने ६१ वर्षीय वृद्धा रामेश्वरीदेवी पौडेलको चितुवाको आक्रमणबाट गए राति मृत्यु भएको छ । गए राति झन्डै १० बजेको समयमा घर नजिकै शौच गर्ने क्रममा चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । 
 
चितुवाले उनलाई हानेर भागेको र उनको सोही ठाउँमा पल्टिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । रातको समयमा सुनसान भएकाले चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । मृतक वृद्धाको शव परीक्षणका लागि पर्वत जिल्ला अस्पताल पु¥याइएको छ । 
 
घटनाको अन्य विवरण आउन भने बाँकी रहेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । रासस
 

शेयर गर्नुहोस:

0
Shares