मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार परिवर्तनको कुरा जनता सुन्न चाहन्नन् : बिजुक्छे

सरकार परिवर्तनको कुरा जनता सुन्न चाहन्नन् : बिजुक्छे


भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे सरकार परिवर्तनको कुरा अहिले जनताले सुन्न पनि नचाहेको बताउनुभएको छ । बिजुक्छेले आज आफ्नै निवास भक्तपुरको कमलबिनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले सरकार बदल्ने खेलमा अहिले लाग्ने बेला नभएको धारणा राख्नु भयो ।
 
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढले फेरि प्रधानमन्त्री पदका लागि खिचातानी सुरु हुने बताउँदै उहाँले यसले विदेशी चलखेल बढ्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीको नेतृत्वकै सरकारमा नेपाली काँग्रेस र मधेसवादी दलसमेत सहभागी भएर अहिलेको सरकारलाई बलियो बनाएर लैजानुपर्छ  भन्नुभयो । 
 
अध्यक्ष बिजुक्छेले छिटोछिटो सरकार परिवर्तनको खेलले जनतामा राजनीतिप्रति नै वितृष्णा जाग्ने बताउँदै सरकार परिवर्तनका लागि भारतका दूतहरुको चलखेल सुरु भएको दाबी गर्नुभयो । बिजुक्छेले स्थानीय निकायको निर्वाचन तोकेको मितिमा सम्पन्न गर्न सरकारले संसद्बाट यससम्बन्धी विधेयक छिटो पारित गर्नुपर्ने बताउनुभयो । रासस