मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सोमालियाको होटलमा आतङ्ककारी आक्रमण, दशको मृत्यु

सोमालियाको होटलमा आतङ्ककारी आक्रमण, दशको मृत्यु


मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटलमा आक्रमण गरी त्यहाँ रहेका कम्तीमा पनि दश जना पाहुनाको हत्या गरिएको समाचार छ ।
 
सो आक्रमणमा परी अरु २५ जना नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । उक्त आक्रमण सोमालियाको सशस्त्र विद्रोही संगठन अल सेबाबले गरेको हो ।  उक्त संगठनले बिहीबार बिहान भएको सो हमलाको जिम्मेवारी पनि लिएको समाचारमा जनाइएको छ । 
 
विस्फोटक पदार्थ बोकेको कारलाई मोगादिसुमा रहेको होटल एम्बेसेडरमा कारबम लगेर ठोक्काइएको थियो । उक्त बम हमलामा परी अरु २५ जना नराम्ररी घाइते भएका पनि बताइएको छ । 
 
मोगादिसुका एकजना प्रहरी अधिकारी मोहम्मद फराहले भने– हामीले सो होटलमा दश जनाको ज्यान गएको र २५ जना घाइते भएका पुष्टि गरेका छौँ । 
 
सुरुमा लगेर कारबम ठोक्काइएको थियो र त्यसलगत्तै बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार सुरु गरेका थिए । उनीहरुले होटलका पाहुनालाई तारो बनाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । 
 
अहिले पनि सो हेटलभित्र केही व्यक्ति रहेकोले उनीहरुको उद्वारका लागि प्रहरीले काम गरिरहको जानकारी दिएका छन् । एएफपी