मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकार महासंघ सल्यानका अध्यक्ष रहेनन्

पत्रकार महासंघ सल्यानका अध्यक्ष रहेनन्


सल्यान । नेपाल पत्रकार महासङ्घ शाखा सल्यानका अध्यक्ष शालिकराम शर्माको उपचारका क्रममा निधन भएको छ । भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान ५२ वर्षको उमेरमा निधन भएको हो ।
 
सल्यानमा रहेर दुई दशक लामो पत्रकारिताको अनुभव सँगालेका शर्मा केही समयअघि देखि ब्लड क्यान्सरबाट पीडित हुनुन्थ्यो । 
 
गत जेठ १६ गतेदेखि शर्माको स्वास्थ्यमा गम्भीर समस्या देखापरेपछि उनलाई काठमाडौँको अल्का अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । थप उपचारका लागि चौतर्फी आर्थिक सङ्कलनको तयारी गरिरहेको बेला उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 
 
यसैबीच, नेपाल पत्रकार महासङ्घ सल्यानको आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकले शर्माको निधनप्रति दुःख व्यक्त गर्दै जिल्लामा हुने कुनै पनि औपचारिक कार्यक्रममा १३ दिनसम्म सहभागी नहुने निर्णय गरेको उपाध्यक्ष सनतकुमार शर्माले बताए । 
 
शाखाले आजै खलङ्गामा श्रद्धाञ्जलि सभाको आयोजना गर्ने र शोकपुस्तिका राख्ने निर्णय गरेको छ । रासस