मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

स्कूले विद्यार्थीलाई अमेरिकामा फुटबल प्रशिक्षण

स्कूले विद्यार्थीलाई अमेरिकामा फुटबल प्रशिक्षण


हिमालय खबर संबाददाता- 
ड्यालस (अमेरिका) । अमेरिकाको ड्यालसमा कृयाशील नेपाली फुटबल समूह ‘भास्टिका ड्यालस गोर्खा फुटबल क्लब’ ले स्कूले बालबालिकाका निम्ति प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।
 
विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्कूल छुट्टीको समयको सदुपयोग गर्नका लागि ‘सकर फर किड्स’ कार्यक्रम सञ्चालन गर्न लागिएको गोर्खा ड्यालस फुटबल क्लबका विनोद विष्टले बताए । तीनदेखि १२ वर्ष उमेरका बालबालिकाहरुलाई यो कार्यक्रममा अभिभावकहरुले सहभागी गराउन सक्ने जनाइएको छ ।
 
यो प्रशिक्षणमा केटा र केटी दुबैले सहभागी हुनसक्नेछन् । ‘एउटा समूहमा बढीमा १० जनासम्ममात्र सहभागी गराएर साँच्चिकै उपलव्धीमुलक बनाउने योजनामा हामी छौं,’ उनले भने । हप्तामा दुईदिन मंगलबार र शनिबार सञ्चालन हुने प्रशिक्षण विशेषगरि छुट्टीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरिएको छ । ‘यो प्रशिक्षणबाट उनीहरुको शारिरीक र मानसिक विकास गर्ने लक्ष्य लिएका छौ,’ विष्टले हिमालय खबरसँग भने ।
 
आफ्ना बालबालिकालाई यो प्रशिक्षणमा सहभागी गराउन चाहने अभिभावकहरुले www.dallasgurkhas.com मा गएर नाम दर्ता गर्नसक्नेछन् । दर्ता शुल्क एकसय डलर तोकिएको छ। यो कार्यक्रमलाई आगामी दिनमा बर्षैभरि निरन्तरता दिने योजनामा ड्यालस फुटबल क्लब छ । अबदेखि समर, फल र स्प्रिंग तीनै सिजनमा यस्तो प्रशिक्षण शिविर सञ्चालन गर्ने योजना क्लबले बनाएको छ । यो प्रशिक्षण युलेसस्थित ट्रिनिटी स्कूलको खेलमैदानमा सञ्चालन हुनेछ । 
 
प्रशिक्षणमा सहभागी हुनेहरुलाई उमेर समूह बनाएर अलग्गै सहभागी गराइनेछ । ३ देखि ५ वर्ष समूहलाई एउटा समूह बनाइनेछ भने ५ देखि ८ वर्षसम्मलाई अर्को समूहमा राखिने उनले बताए । त्यस्तै ८ देखि १२ वर्ष उमेरलाई अर्को समूहमा राखेर प्रशिक्षणमा सहभागी गराइने जनाइएको छ । 
 
स्कूले छुट्टीको समयमा यसपटक जुन ४ तारिकमा सुरु भएर अगष्ट १३ सम्म सञ्चालन हुनेछ ।