मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अप्रवासी प्रति अनुदार डोनाल्ड ट्रम्प रिपव्लिकन पार्टीवाट राष्ट्रपति उम्मेदवार हुने

अप्रवासी प्रति अनुदार डोनाल्ड ट्रम्प रिपव्लिकन पार्टीवाट राष्ट्रपति उम्मेदवार हुने


हिमालयखवर संवाददाता
अमेरिका- पटक पटक विवादस्पद अभिव्यक्ति दिएका र अप्रवासीप्रति अनुदार डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार हुने निश्चित भएको छ । विहिवार पार्टीवाट उम्मेदवार हुन आवश्यक पर्ने अधिवेशन प्रतिनिधि डेलिगेटको समर्थन प्राप्त गर्न ट्रम्प सफल भए । ठुलो संख्यामा डेलिगेट भएको क्यालिफोर्निया लगायत केही राज्यमा पार्टीको प्राइमरी निर्वाचन हुनु अघि नै ट्रम्पले आउने नोभेम्बर तेस्रो साता हुने निर्वाचनका लागि पार्टी उम्मेदवार हुन आवश्यक पर्ने १२३७ को जादु अंक कटाएका छन् । कतैपनि पनि नखुलेका डेलिगेटले विहिवार समर्थन गर्ने जनाएपछि धनाढ्य व्यवसायी ट्रम्प पार्टी उम्मेदवार हुने निश्चित भएको हो ।  पार्टीले उम्मेदवारको औपचारिक घोषणा भने पार्टीको जुलाईमा हुने महाधिवेशन मार्फत गर्ने छ । 
 
डोनाल्डले झण्डै एक बर्ष अघि देखि शुरु भएको चुनावी अभियानका क्रममा मेक्सिको अमेरिका सिमामा १० फिट लामो पर्खाल लगाउने, यसका लागि आवश्यक पर्ने पैसा पनि मेक्सिकोले दिनु पर्ने, मुस्लिमलाई अमेरिका पस्न बन्देज लगाउनु पर्ने, गैरकानुनी रुपमा अमेरिका वस्दै आएका अप्रवासीलाई समातेर फिर्ता पठाउने जस्ता मुद्दा अघि सारेका थिए । यसले धेरैको चिन्तापनि वढाएको छ ।
 
रिपव्लिकन पार्टीको प्रतिस्पर्धी डोमोक्रयाट्समा भने अझै उम्मेदवारको टुंगो लागेको छैन । पुर्व विदेशी मन्त्री तथा पुर्व प्रथम महिला हिलारी क्लिन्टनको अवस्था निकै मबजुत छ । यही कारण केही दिन यता डोनाल्ड र हिलारी विच आरोप प्रत्यारोप सुरु पनि भएको छ । पछिल्लो चुनावी मत सर्वेक्षणमा हिलारी भन्दा पनि डोनाल्ड अघि देखिएका छन् । रिपव्लिकन पार्टी भित्रै शुरु शुरुमा हास्यपात्रका रुपमा लिईएका डोनाल्डले सांच्चैनै राष्ट्रपति भए आफ्ना भनाई पुरा गर्लान भन्ने प्रश्न पनि उठ्न थालेको छ । 
 
अवैध रुपमा वसोबास गर्नेहरुलाई डोनाल्डको घोषणाले चिन्तामा पारेको छ । अमेरिकामा अहिले झण्डै १ करोड १० लाख गैरकानुनी अप्रवासी छन् । यसमा केही हजार नेपाली पनि पर्छन । यस्ता अवैध बसोवास गर्नेवाट कयौं क्षेत्रमा सस्तोमा कामदार उपलव्ध भईरहेको छ । डोनाल्डले यि सवै गैरकानुनी अप्रवासीलाई समातेर २ वर्ष भित्र सम्वन्धित देश पठाउने घोषणा गरेका छन् । तर, यो सजिलो काम होइन । को गैरकानुनी हो, होइन कसरी पहिचान गर्ने, कहां समात्ने ? यो नै चुनौती हुने, विज्ञहरुको दावी छ । ओबामाको पछिल्लो कार्यकालमा रेकर्ड नम्वर झण्डै ४ लाख गैरकानुनी रुपमा अमेरिका आउनेलाई फिर्ता पठाईएको थियो । यो भन्दा वढीलाई फिर्ता पठाउने पुर्वाधार नभएको सम्वद्ध विज्ञहरु वताउंछन् ।
 
डोनाल्डको लोकप्रियताले अमेरिकाको छिमेकी देश मेक्सिकोमा पनि चिन्ता वढाएको छ । उनलाई कसरी समाना गर्ने भन्नेमा मेक्सिको भित्र वहस शुरु भएको विभिन्न संचारमाध्यमले जनाएका छन् ।