मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

अमेरिकी राष्ट्रपति बाराक ओबामा हिरोसिमा जाने

अमेरिकी राष्ट्रपति बाराक ओबामा हिरोसिमा जाने


हिरोसिमा । अमेरिकी राष्ट्रपति बाराक ओबामा जापानको हिरोसिमा सहर पुग्नुहुने भएको समाचार छ । उहाँले शुक्रबार हिरोसिमाको भ्रमण गर्न लाग्नुभएको प्राप्त समाचारमा जनाइएको छ । 
 
अमेरिकी राष्ट्रपतिको हैसियतमा हिरोसिमाको भ्रमण गर्ने उहाँ नै पहिलो राष्ट्रपति हुनुहुने पनि समाचारमा जनाइएको छ । हिरोसिमा सहर दोस्रो विश्वयुद्धका क्रममा जापानमाथि अमेरिकाले गरेको क्रुर हमलाको एक उदाहरण हो । 
 
दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को अगष्ट ६ मा अमेरिकी सेनाले हिरोसिमामा आणविक बम हमला गरेको थियो । दोस्रो विश्वयुद्धको यो नै सबैभन्दा क्रुर हमला थियो । यस हमलका क्रममा हिरोसिमा सहरका कम्तीमा पनि १ लाख ४० हजार जापानी नागरिकको ज्यान गएको थियो । 
 
त्यो आक्रमणको करिब सात दशकपछि नै त्यस समयमा बम हमला गर्ने देश अमेरिकाकै राष्ट्रपतिले सोही स्थानमा गर्न लागेको भ्रमणलाई संसारले नै एक प्रमुख चासोका रुपमा लिएको छ । 
 
सन् १९४५ को अगष्ट ६ मा अमेरिकी विमान एनोला गेले हिरोसिमा सहरमा लिटिल ब्वाय नामको बम खसालेको थियो । सो बमले नै हिरोसिमा सहरको सुन्दरता मात्र नभई मानव सभ्यतामाथि नै धावा बोलेको हो । सो बमको विकिरणका कारण दशौँ हजार व्यक्तिले ज्यान गुमाउन बाध्य हुनुपरेको थियो । 
 
यसको तीन दिनपछि पुनः अमेरिकाले जापानकै अर्काे सहर नागासाकीमा अर्काे बम हानेको थियो । सो बम लागेर नागासाकीमा पनि दशौँ हजार नागरिक मारिएका थिए । उहाँको कार्यकालको सातौँ वर्षमा हुन लागेको यस भ्रमणका क्रममा उहाँले हिरोसिमाको त्यस समयको क्रुरताबाट पाठ सिक्ने सन्देश दिन चाहनुभएको बुझिन्छ । 
 
यसअघि उहाँले उक्त भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा विवाद भएको थियो । उहाँको सो भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सिन्जो अबे पनि साथमै हुनुहुने छ । रासस/एएफपी