मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

च्याउ खाएर एकै परिवारका चार बिरामी

च्याउ खाएर एकै परिवारका चार बिरामी


इलाम । इलामको दानाबारीमा गएराति जङ्गली च्याउ खाएर एकै परिवारका दुई बालकसहित चारजना बिरामी परेका छन् । 
 
जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा दानाबारी–१ चेप्टीका टेकेन्द्र राई, उनकी श्रीमती अञ्जली राई, छोरा १० वर्षीय रोहित र अर्का आठ वर्षीय छोरा रोजन राई बिरामी परेका हुन् । 
 
उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि गएराति नै झापाको दमकस्थित लाइफलाइन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । च्याउ खाएर सबै बिरामी परेकाले कुन च्याउ खाएको भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । रासस