काठमाडौँ । उद्योगपति एवम् केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुरेशकुमार केडियाको अपहरणप्रति नेपाली काँग्रेसले निन्दा व्यक्त गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्ति जारी गरी बिहीबार बेलुका अज्ञात समूहले गरेको अपहरण र उनको चालकलाई गरेको आक्रमणको घटनाप्रति दुुःख व्यक्त गरेको हो ।
‘कुनै पनि नागरिकको अपहरण हुनु अत्यन्त दुःखद र संवेदनशील विषय भएको र यस्ता आपराधिक क्रियाकलापको नेपाली काँग्रेसले सधैँ घोर निन्दा र भत्र्सना गर्दछ’– विज्ञप्तिमा भनिएको छ ।
काँग्रेसले शान्ति सुव्यवस्थालाई खल्बलाई आमनागरिकमा डर र त्रासको वातावरण सिर्जना गर्न खोज्ने यस्ता आपराधिक समूह, व्यक्तिको तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही तथा यस्ता घटना पुनः नदोहोरिने वातावरण बनाउन सरकारसँग मागसमेत गरेको छ । रासस
प्रतिक्रिया