मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

ट्याक्टर पल्टिँदा चालकको मृत्यु


डोटी । डोटीको चवराचौताराबाट दीपायलका लागि आउँदै गरेको से १ त ६६४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 
 
तिखातर–६ स्थित स्यालपाखा भन्ने स्थानमा गएराति ७ बजेतिर दुर्घटना हुँदा ट्र्याक्टर चालक कैलाली घर भएका ४० वर्षीय चन्दु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 
 
घटनास्थलमा घाइते भएका चन्दुलाई उपचारका लागि सदरमुकाम सिलगढीतर्फ ल्याउँदै गर्दा राति बीच बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । चवरा चौताराबाट खाली हिँडेको ट्र्याक्टर दुर्घनाग्रस्त भएको हो । के कति कारणले दुर्घटना भएको हो यकिन जानकारी भने प्राप्त भएको छैन । 
 
भिरालो र कच्ची सडकमा अनियन्त्रित गाडी चलाउँदा यस्तो समस्या आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज बिष्टको भनाइ छ । घटनास्थल सदरमुकामबाट करिब ४२ किलोमिटरभन्दा बढी टाढा रहेको छ । रासस