मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भीरबाट लडेर वृद्धको मृत्यु

भीरबाट लडेर वृद्धको मृत्यु


ताप्लेजुङ । ताप्लेजुङको निघुरादिनमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । 
 
बुधबार बेलुका नजिकै रहेका आफ्ना दाजुलाई भेट गरी घर फर्कने क्रममा निघुरादिन–४ का अन्दाजी ८५ वर्षीय सन्तबहादुर गुरुङको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 
 
सो गाविसको खानीडाँडा भन्ने भीरबाट लडेर मृत्यु भएका गुरुङको शव बिहीबार बिहानमात्रै परिवारले फेला पारेका थिए । भीरबाट करिब एक सय मिटरमुनि शव भेटिएको र शव अप्ठ्यारो ठाउँमा भएकाले बिहीबार पुगेको प्रहरीको टोलीले निकाल्न नसकेको बताइएको छ । 
 
खबर पाएपछि बिहीबार साँझ प्रहरी पुगे पनि साँझ अँध्यारो भएको र भीर अप्ठ्यारो भएकाले शव निकाल्न समस्या भएको जनाइएको छ । रासस
 

शेयर गर्नुहोस:

0
Shares