मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्युयोर्कमा नेपाल डे परेडको औपचारिक शुरु (फोटो फिचर)

न्युयोर्कमा नेपाल डे परेडको औपचारिक शुरु (फोटो फिचर)


न्यूयोर्क (अमेरिका) मे २२, आईतबार-
 
न्यूयोर्कमा नेपाल डे परेडको औपचारिक शुरु भएको छ ।राष्ट्रसंघका लागि नेपाली नियोगकी कार्यवाहक प्रमुख सेवा लम्सालले गर्नु भएको छ । अहिले रयाली स्थानीय सडकको २२ नम्वर व्लकमा पुगेको छ । म्यानहटनमा रेशम फिरिरि, डाँडा मा भञ्ज्याङ्ग उडेर जाउँ गुडेर जाउँ भन्ने घन्किरहदा हामी नेपालमा छौ की न्यूयोर्कमा भन्ने छुटयाउन गाह्रो भएको रयालीमा समाचार संकलन गरिरहनु भएका पत्रकार सूर्य थापाले वताउनु भएको छ । यसै गरी आयोजक आनन्द विष्टले यत्रो सहभागीताले आफूलाई मातृभूमिमा वसेको अनुभूति भएको वताउनु भयो । 
 
विष्ट भन्नुहुन्छ हामीलाई आज यस्तो घडीमा ल्याउने सम्पूर्ण नेपाली प्रवासीहरु प्रति म हार्दिक आभार दिन चाहन्छु । अझ रोचक त हिजो सम्म नेपाल डे परेडको सामाजिक सञ्जालमा विरोध गर्नेहरु आज राष्ट्रिय पोशाक सहित कार्यक्रममा उपस्थित भएका छन् । यो ऐतिहासिक दिन हो रयालीमा सहभागी भएका साँस्कृतिक तथा झाँकी उपसमितिका संयोजक सुभाष लामाले प्रतिक्रिया दिनुभयो ।

 
अपडेट : गौतम दाहाल, सूर्य थापा, विकास राज न्यौपाने, मधुकर अधिकारी, भुपेन्द्र थापा, समय : १ वजेर ४१ मिनेट
 
विश्वको वित्तीय राजधानी भनिने न्यूयोर्कको म्यानहटनमा यतिवेला नेपालीहरुले विश्व सामु आफनो परिचय पस्किरहेका छन् । नेपाली झण्डा वोकेका नेपालीहरुको समूह नेपाली पोशाक सहित विभिन्न जातजातिको पोशाकमा अनेकतामा एकता, नेपालीको विशेषता भन्ने झल्को दिईरहेका छन् । न्यूयोर्कको म्यानहटनमा अवको करिव ३ घण्टा १० मिनेट नेपाल देख्न पाईन्छ । यो नेपालीको सवैभन्दा ठूलो पहिचानको प्रयास हो । अहिले झाँकी प्रदर्शन जारी रहेको छ भने केही वेरमा नै औपचारिक रुपमा शुरुवात हुनेछ । 
 
अपडेट : गौतम दाहाल, सूर्य थापा, विकास राज न्यौपाने, मधुकर अधिकारी, भुपेन्द्र थापा, समय १२:५१
 
 कार्यक्रम स्थलमा सहभागी भईरहनु भएका पत्रकार सूर्य थापाका अनुसार मानिसहरु आफनो संस्थाको व्यानर लिएर झाँकी प्रदर्शनीमा सहभागी भईरहेका छन् । साथै न्यूयोर्कमा रहेका ५० भन्दा वढी संस्थाको म्यानहटनको व्रोड वेको २९ मा नेपाली पोशाक सहित सहभागी भईरहेका छन् । व्रोड वेको १० व्लकमा हुने रयालीले नेपालको पहिचान झल्कने पोशाक र सँकस्कृतिको वारेमा जानकारी दिईरहेका छन् । 
 
अहिले सम्म करिव एक हजार मान्छेहरु उपस्थित भएको अनुभव भएको छ । म्यानहटनमा रहेको वाटो खण्डमा पाँच वटा भ्यानहरुमा नेपालको साँस्कृतिक धरोहर पशुपतिनाथ,लुम्विनी,जानकी खप्तडवावा, स्वयम्भुनाथको विशाल तस्वीर सहितको होर्डिङ्ग वोर्ड राखिएको छ । 
अपडेट: सूर्य थापा, विकास राज न्यौपाने, मधुकर अधिकारी, भुपेन्द्र थापा, समय १२:३६ 
 
नेपालको गणतन्त्र दिवसको सन्दर्भमा आईतवार आयोजना हुन लागेको न्यूयोर्कको रयालीमा झाकी तथा संध संस्थाको व्यानर राख्न शुरु गरिएको छ । यसको लागि मुल आयोजकको व्यानर,अतिथिहरु, आयोजक संस्थाका प्रमुखहरु र त्यसपछि पशुपति, खप्तड क्षेत्र तथा अन्य नेपालको महत्वपुर्ण दृष्यहरुद्वारा सजाईएको ट्रक र उक्ल ट्रकमा पंन्चकन्या र रिजउड समाज द्वारा प्रस्तुत गरिने भजन । यसै गरी पञ्चेवाजा सहितको रयाली शुरु हुने छ ।
 
अपडेट १२:२६
 
न्यूयोर्कको माहौल असाध्यै रमाईलो रहेको छ । हरेक प्रवासी नेपालीहरु न्यूयोर्कमा एउटा प्रफुल्ल मुद्रामा जुटेका छन् । आफनो भाषा र संस्कृतिको धरोहरलाई जगेर्ना गर्न अमेरिकी नेपाली तथा नेपालीको प्रयासमा अमेरिकन मिडियाहरुको पनि उपस्थिति रहेको छ । असाध्यै उत्साहप्रद माहौल रहेको छ । न्यूयोर्क पुलिसले नेपाली रयालीको व्यवस्थापनको लागि सहयोगी भूमिका खेलिरहेको छ । साथै मिडिया पनि उपस्थित रहेको छ, नेपालीहरु आफनो आफनो पहिरनमा उत्साहित तरिकाले भाग लिईरहेका छन् । 
 
आयोजक मध्ये एक जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द विष्टले दिनु भएको जानकारी अनुसार १ वजे रिवन काटेर रयाली शुरु हुनेछ ।  २९ स्टेट रिवन काटेर मार्चपास गर्दे  व्रोड वेमा समापन समारोह रहेको छ । 
 
न्यूयोर्कमा विहान पानी परेकामा अहिले मौसमले पनि साथ दिएको छ । घाम पनि लागेको छ । 
 
अपडेट १२:१७
 
 नेपालीहरुको परिचय झल्काउने नेपाल डे परेडमा भाग लिन उत्साहका साथ न्यूयोर्कमा वस्ने नेपालीहरु जुर्मराएका छन् । कसैले नेपाली  पोशाक लगाएको तस्वीर सार्वजनिक गर्दे जाने तयारीमा भनेका छन् । कोही गाडीको व्यवस्थाको वारेमा लेखिरहेका छन् कोही उत्साहका साथ उठौ भन्दै कवितात्मक शैलीमा आव्हान गरेका छन् । वास्तवमा नेपाल चिनाउने नेपाल डे परेडको लागि वाल्टिमोरवाट पञ्चे वाजा सहितको टोली न्यूयोर्क पुग्ने तयारीमा रहेको छ । न्यूयोर्क लगायत विभिन्न राज्यवाट सहभागी हुने कार्यक्रममा सहभागीताका लागि वच्चादेखि वृद्धसम्मका नेपालीहरु उत्साहित भएका छन् ।