मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

साहित्य समाजको अन्तरराष्ट्रिय सम्मेलनको तयारी पुरा, अतिथीहरु आउन शुरु

साहित्य समाजको अन्तरराष्ट्रिय सम्मेलनको तयारी पुरा, अतिथीहरु आउन शुरु


लसएञ्जलस, मे  १९ / क्यालिफोर्नियाको लसएञ्जलसमा  हुन लागेको अन्तरराष्ट्रिय     साहित्य समाजको अधिबेशनको तयारी लगभग पुरा भएको कार्यक्रमको संयोजक  एब लसएञ्जलस च्याप्टरका अध्यक्ष शान्तिराम ढकालले बताउनुभयो ।  
 
मे   २० ,२१ र २२ गते सम्म चल्ने सम्मेलनमा सहभागि हुन प्रमुख  अतिथी डा. खगेन्द्र लुइँटेल  एब चर्चित साहित्यकार कृष्ण   धाराबासी लसएञ्जलस अाइपुग्नुभएको लसएञ्जलस च्याप्टरका महासचिब तिलक कार्किले जानकारी दिनुभयो ।  
 
अमेरिकामा मात्र  २५ वटा च्याप्टरहरु रहेको सो सस्थाले  आगामी दिनमा केन्द्र र च्याप्टर बीचको  सम्बन्ध र नेपाली साहित्यलाई अन्तरराष्ट्रिय  जगतमा अझ सकृयरुपले परिचित गराउन खेल्नुपर्ने भूमिकाको बिषयमा कार्यपत्र पेशका साथ गहन छलफल हुने सो सस्थाको केन्द्रिय अध्यक्ष पदम विश्वकर्माले बताउनुभयो ।  सम्मेलनमा करिब ३o जना प्रतिनिधिहरुको सहभागिता  रहने आयोजकले जानकारी  दिएका छन् ।

शेयर गर्नुहोस:

0
Shares