मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुई वर्षभित्र नेपालमै पेट्रोल निकाल्छौँ : प्रधानमन्त्री ओली

दुई वर्षभित्र नेपालमै पेट्रोल निकाल्छौँ : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्ने गरी आत्मनिर्भरको बाटोमा सरकार अघि बढेको बताउनुभएको छ ।
 
प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय महाअधिवेशनको बिहीबार यहाँ उद्घाटन गर्दै उहाँले नेपालले लामो समय दक्षिणी छिमेकीको तेल प्रयोग गरेको र उत्तरी छिमेकीको पनि प्रयोगको आश गर्नुपरेको सन्दर्भमा सरकारले स्वदेशमै तेल खानीको दैलेखमा अन्वेषण गरिसकेको बताउनुभयो । उहाँले नवलपरासी जिल्लामा मुलुकको वार्षिक बजेटभन्दा बढी रु १० अर्ब आय हुने फलाम खानीसमेत फेला पारिसकेको जानकारी दिनुभयो ।
 
मुलुकले लोकतान्त्रिक संविधान पाइसकेकाले अब तीव्र आर्थिक विकास हुने गरी सरकारले बजेट ल्याउने र जनतामा आशा जगाउने काम गरिरहेकाले वृद्धिजीवी र पत्रकार वर्गले त्यसलाई सकारात्मक रुपमा बुझिदिनुपर्ने उहाँको आग्रह थियो ।
 
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रेस चौतारीले स्थापना गरेको हृदयचन्द्र सिंह स्मृति पत्रकारिता पुरस्कार शिव गाउँले, अग्नि शिखा पुरस्कार देवराज अर्याल, डेकेन्द्र थापा स्मृति पुरस्कार यज्ञराज थापा र विद्युत् माओजी तथा वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार दिलीपकुमार सिंहलाई प्रदान गर्नुभयो । 
 
यस्तै उहाँले प्रेस चौतारीको प्रकाशन माक्सवादको उज्यालो र चौतारीको लोकार्पण पनि गर्नुभयो । महाअधिवेशनमा करिब ७०० जनाको सहभागिता रहेको छ । रासस