मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डेढसय जनाले गरे सगरमाथा आरोहण

डेढसय जनाले गरे सगरमाथा आरोहण


काठमाडौँ । सगरमाथा आरोहण प्रारम्भ भएको नवौँ दिन बिहीबारमात्रै १५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । संयुक्त अरब इमिरेट (युएई) को सैनिक टोलीसहित एक दिनमै १५० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
 
उनका अनुसार आरोहीको भीडले कुन देशका कति आरोही चुचुरोमा पुगे भन्ने यकिन विवरण आइसकेको छैन । अझै धेरै सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने क्रममा रहेको श्रेष्ठले बताए । प्रतिकूल मौसम भएपछि यसअघि मङ्गलबार र बुधबार गरी दुईदिन कुनै आरोहण हुन सकेको थिएन । सगरमाथाको चुचुरोनजिक हावा चलेका कारण दुई दिन आरोहण रोकिएको थियो ।
 
वसन्त ऋतुको यो मौसममा गत वैशाख २९ गते बुधबारदेखि आरोहण सुरु भएको थियो । सगरमाथा आरोहणको छ दिनअर्थात् जेठ ३ गतेसम्म ८८ जना स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।
 
पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ पर्यटक आरोहणका लागि गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका छन् । रासस