मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सुरक्षा कारबाहीमा ९१ तालिवान मारिए

सुरक्षा कारबाहीमा ९१ तालिवान मारिए


काबुल (अफगानिस्तान) । अफगानिस्तानभर अफगान सैनिक र प्रहरीले बुधबार बिहानबाट तालिवान आतङ्ककारीविरुद्ध सुरु गरिएको कारबाहीको क्रममा ९१ जना तालिवान लडाकू मारिएका छन् । गत २४ घण्टाभित्र गरिएको कारबाहीको क्रममा ती आतङ्ककारी मारिनुको साथै अन्य ७० जना घाइते भएका र २२ जना पक्राउ परेका अफगानिस्तानको गृहमन्त्रालद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाएको छ । 
 
लुकेर बसेका तालिवान लडाकूलाई लक्ष्यगरी बुधबार र बिहीबार गरिएको कारबाहीमा ती तालिवान मारिएका घाइते भएका र पक्राउ परेका हुन् । अफगान सुरक्षाबलले अफगानिस्तानको कुनार, नान्गार्हार, लाघमान, वार्दाक गजनी, कान्दाहार, उरुज्गान, हेरात, बाघलान, बाल्ख जावजान, समानगन, कुन्दुज, तखार र हेलमान्ड प्रान्तमा कारबाही जारी राखेको सो विज्ञप्तिमा जनाइएको छ । 
 
यस कारबाहीको तालिवान लडाकू समूहले भने कुनै टिप्पणी गरेका छ्रैनन् । यस कारबाहीको क्रममा पाँच सैनिकले समेत ज्यान गुमाएका पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ । अफगानिस्तानका विभिन्न भूभागमा पछिल्लो समयमा संयुक्त सुरक्षा बलले यस्तो कारबाही जारी राखेका छन् । जारी कारबाहीमा परी दिनहूँजसो तालिवान मारिने गरेका छन् । रासस/एपी 

शेयर गर्नुहोस:

0
Shares