मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कार्गोवाहक विमान दुर्घटनामा सातको मृत्यु

कार्गोवाहक विमान दुर्घटनामा सातको मृत्यु


अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डमा बुधबार राती भएको एक कार्गोवाहक विमान दुर्घटनामा परी कम्तीका सात व्यक्तिको मृत्यु भएको समाचार छ । 
 
स्थानीय अधिकारीहरुले बिहीबार सो जानकारी दिएका छन् । हेलमान्ड प्रान्तको गरम्सेर जिल्लामा रहेको द्वयेर विमानस्थलबाट नौ यात्रु लिएर उडेर सो विमान केही समयपछि नै दुर्घटनाग्रस्त भएको एक अफगान अधिकारीले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन् । 
 
अजरबैजानी एयरलाइन्ससँगआवद्ध यस विमानले द्वयेरमा रहेको सैन्य शिवीरलाई आवश्यक साम्राग्रीहरु आपूर्ति गर्दै आएको बताइएको छ । उक्त सैन्य शिवीर संयुक्त गठबन्धन सेनाबाट सञ्चालन हुदै आएको पनि सो स्रोतले जानकारी दिएको छ । 
 
चालक दलका सदस्य अजरबैजानी, युक्रेन र उज्बेकिस्तानमा रहेका जनाइएको छ । प्रारम्भिक समाचारअनुसार यस विमानमा सवार सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् । 
दुर्घटनाको विस्तृत विवरण र कारण भने हाल प्रष्ट भईनसकेको बताइएको छ । रासस/एपी