मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बसको ठक्करबाट युवकको मृत्यु

बसको ठक्करबाट युवकको मृत्यु


धुन्चे  (रसुवा) । चिलिमेबाट काठमाडौँको लागि हिँडेको यात्रुबाहक बसको ठक्करबाट धुन्चे क्षेत्रमा एक युवकको मृत्यु भएको छ ।
 
जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार बा२ख ८४२१ नम्बरको बसले धुन्चे गाविस–८ बुद्धमन्दिर इलाका क्षेत्रमा ठक्कर दिँदा हाकु गाविस– का १९ वर्षीय विवराम तामाङको मृत्यु भएको छ ।
 
उक्त बसबाटै चिलिमेबाट आएका ती युवा ओर्लने क्रममा सो दुर्घटना भएको र बस चालक तथा सहचाकलाई नियन्त्रणमा लिई घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रमुख विष्टले बताए । रासस