मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चट्याङ लागेर चार जनाको मृत्यु, दुर्इजना घाइते

चट्याङ लागेर चार जनाको मृत्यु, दुर्इजना घाइते


चितवन । चितवनमा चट्याङ्ग लागेर दुईजनाको मृत्यु भएको छ । पुर्वीचितवनको राप्ती ८ मा चट्याङ्ग लागेर मकवानपुर फापरबारी घर भएका वर्ष ३५ को मानबहादुर तामाङको मृत्यु भएको हो ।
 
त्यस्तै राप्ती १२ ब्रम्हनगरमा चट्याङ्ग लागेर सोहि स्थानका बर्ष २१ को कमल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख एवं प्रहरी उपरीक्षक वसन्त बहादुर कुवरले जानकारी दिए । चट्याङ्ग लागेर राप्ती ८ मा सोही स्थान बस्ने प्रकाश परियार र सुरेश परियार घाइते भएका छन् । 
 
यसैगरी बारा रामपुर्वा–३ बटौलिया गाउँमा मङ्गलबार बेलुकी असिना पानी सँगसँगै चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ । यस्तै एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
सोही गाविस बस्ने शम्भु चौधरीकी श्रीमती ३५ वर्षीया सीमा चौधरी, आफ्नो १२ वर्षीय छोरा शिव चौधरीसँगै खेतमा काम गरिरहेको अवस्थामा अचानक हावाहुरी, असिना पानी परेको समयमा अचानक चट्याङ् लागी चौधरीकी श्रीमतीको घटनास्थलमा नै मृत्यु भएको थियो भने बालक घाइते भएका छन् । मृतक सीमा चौधरीको शवपरीक्षणका लागि कलैया अस्पतालमा ल्याइएको छ ।