मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु


कलैया । बाराको गढीमाई नगरपालिकामा मङ्गलबार बेलुकी ७ बजे ट्रकले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काबाट थाहाभएको छ । 
 
जितपुर–७ बस्ने ४० वर्षीय नुनक साह मङ्गलबार बेलुकी ७ बजे साइकलबाट वीरगन्जतर्फ गइरहेको अवस्थामा सोही दिशाबाट आइरहेको ना ३ ख ७९३७ नंको ट्रकले पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका साहलाई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । 
 
ट्रक चालक हेटौँडा–४ भैँसेचुरिया बस्ने ३३ वर्षीय अरुण थिङ र ट्रक इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ । रासस