मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सर्पको टोकाइबाट बालकको मृत्यु

सर्पको टोकाइबाट बालकको मृत्यु


खोटाङ । सर्पको टोकाइबाट खोटाङमा एक बालकको मृत्यु भएको छ । समातेर खेलाउँदै गरेको सर्पले टोक्दा सल्ले–७ का १६ वर्षीय विशाल राईको मङ्गलबार बेलुका मृत्यु भएको हो । 
 
स्थानीय जनता माविको कक्षा ८ मा अध्ययनरत बालकको उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको स्थानीयवासी सरिता राईले जानकारी दिए । खेलाउने क्रममा सर्पले हातमा टोकेको भए पनि अरूलाई नबताएकै कारण उनको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । 
 
स्थानीयवासीका अनुसार यसअघि पनि सर्प समातेर खेलाएर देखाउने बालकले आइतबार साँझ सर्प समातेका थिए । सर्पले टोकेको र पानी हालेर निचोर्दै गरेको स्थानीय केटाकेटीले देखेको बताए पनि उनले भने कसैलाई नबताएको आफन्तको भनाइ छ । रासस