बिश्व घटना

टेक्सास राज्यमा सडक दुर्घटनामा आठको मृत्यु ४३ घाइते

टेक्सास राज्यमा सडक दुर्घटनामा आठको मृत्यु ४३ घाइते


लस एन्जेलस (अमेरिका) । अमेरिकाको टेक्सास राज्यमा शनिबार भएको एक बस दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य ४३ भन्दा बढी घाइते भएका सो राज्यका अधिकारीहरुले जनाएका छन् । 
 
सो बस मेक्सिकाको सीमा क्षेत्रमा पर्ने सहरमा यात्रा गरिरहेको बेला सो घटना भएकोृ जनाइएको छ । उक्त घटनामा सात व्यक्तिको घटना स्थलमै मृत्यु भएको अन्य एकको भने उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ ।
 
अधिकारीहरुका अनुृसार घाइते ४४ जनालाई उपचारको लागि अस्पताल पु¥यााइएको छ ।   सो बस स्थानीय समयाअनुसार शनिबार बिहान ११ः३० मा रिओ ग्रेन्डे उपत्यकाबाट यात्राको लागि निक्लिएको बताइएको छ । रासस / एएफपी