मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कीर्ते गरी एयरपोर्टको जग्गा नै बिक्री गर्ने पक्राउ

कीर्ते गरी एयरपोर्टको जग्गा नै बिक्री गर्ने पक्राउ


काठमाडौंँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा किर्ते कागजपत्र बनजाई बिक्री गरेको आरोपमा उपसचिवसहित पाँचजना कर्मचारी पक्राउ परेका छन् । एयरपोर्टले अधिग्रहरण गरिसकेको जग्गालाई झुक्काएर बिक्री गर्ने भक्तपुर मालपोत कार्यालयका तत्कालीन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।
 
भक्तपुरको दिव्यश्वरी ८ पेप्सीकोलाको १२ आजा जग्गा भू माफियाको समूहसँग मिलेर भक्तपुर मालपोत कार्यालयका कर्मचारीले बिक्री गरेका थिए । जग्गा दलालसहित कर्मचारीलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
 
पक्राउ पर्नेमा भूमिसुधार कार्यालय भक्तपुरमा कार्यरत उपसचिव चन्द्रमणि अर्याल, वैदेशिक रोजगार विभागमा कार्यरत अधिकृत दिलीपकुमार अधिकारी, मालपोत कार्यालय ललितपुरमा कार्यरत हरिनारायण मानन्धर, जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा कार्यारत देवीकुमार पराजुली थिए ।