मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वर्गीय थापाको दाहसंस्कार

स्वर्गीय थापाको दाहसंस्कार


ड्यालस (अमेरिका)- बुधबार साँझ निधन हुनुभएका स्व.यमबहादुर थापाको हिन्दू परम्परा अनुसार शनिबार अन्तिम दाहसंस्कार टेक्ससको क्रिमेसन सेन्टर किङस्टन ड्राइभ लुइजभिलमा सम्पन्न भयो।
 
युलेसका स्थानीय समाजसेवी हरिबहादुर थापाका पिता यमबहादुरको ब्रेन हेमरेज भएपछि उपचारको क्रममा  बुधबार राति निधन भएको थियो ।
 
दिउसो १२  वजेवाट उहाँको पार्थिव शरिरलाई श्रदान्जलीका लागी ह्युग्स क्राउनहिल फनरल होममा  राखिएको थियो । दाहसंस्कार अघि  नेपाली मन्दिरका गुरु डा शेखर पण्डितले हिन्दु वैदिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको थियो । अन्तिम श्रद्धान्जलीमा स्वर्गीय थापाको पत्नी, छोरा र अन्य परिवारका सस्दयहरु पनि साथमै थिए ।
 
टेक्सासको ड्यालस  र फोर्थवोर्थ आसपासका क्षेत्रका संघ संस्था प्रतिनिधिहरु र अन्य सर्व साधारणको वाक्लो उपस्थिती रहेको थियो । ह्युस्टन निवासी  थानेश्वर गौतमले स्वर्गीय थापाको  बारेमा चर्चा गर्नुहुँदै उहाँले नेपालमा गर्नुभएको सामाजीक कार्यहरूका बारेमा स्मरण गर्नुभएको थियो ।