प्रिय धु्र्मु-सुन्तु,
श्रद्दाका सलामीहरु अनि धेरै धेरै माया…..!
हिजो तिमीहरु दुबैले डोकोभरि ढुंगा बोकेको टेलिभिजनमा देख्दा यस्तो लाग्यो म पनि नेपालमै भएको भए तिमीहरुको पवित्र काममा कति उर्जा दिँदै होस्टेमा हैँसे मिलाउने थिएँ होला । तिमीहरुले बोकेको डोको उठाईदिएर बोझ हल्का पारिदिन्थे होला । तर टाढाको भुगोलमा भएकोले प्रशंसा र सहानुभूतिले मात्र चित्त बुझाउँदै छु ।
अचेल म निरन्तर चिठ्ठी लेखिरहेको छुस् राजनीतिका मुख्यमुख्य पात्रहरुलाई तर पनि उपलब्धि शून्य प्रायस् छ । राजनीति बिग्रिएको छ उहि कुरा क्षणमै सेतो र क्षणमै कालो भईरहेको छ । सबै जना आफ्नो पोल्टा भर्ने बेलामा तिमीहरु त फेरि भग्नावशेषको वस्ती गिरान चौर पो पुगेछौ गिरेका घरहरु र मनहरु ठाडो पार्न अनि तिनीहरुकै बारेमा मैले लेखिन भने मेरो कलमको धर्म कसरी पूरा हुने भो र १ त्यसैले मध्यरातमा जागेर तिम्रै बारे केहि प्रशंसा त केहि सहानुभूति र शुभकामनाका वाक्यहरु कोर्न खोजिरहेको छु ।
प्रिय धुर्मुर सुन्तु
साँच्चै १ तिमीहरु त बडो बलवान पो रहेछौ, महाभारतको पात्र भिमले जस्तै डोकोभरि ढुंगा बोक्न सक्ने १ तिमीले ढुंगा बोक्दै गर्दा न मैले कुनै अभिनय देखेँ न त कुनै अभिमानस् बरु देखेँ त तिमीहरुको दृढ लगनशीलता र अन्तरमनको त्याग । सायद राजनीतिज्ञ हुन्थे भने घाँटीभरि माला र खादाले सजिएर रिबन काट्दै गर्थे होला अथवा दुईचार वटा घर बनाउन पुग्ने रकम हेलिकोप्टर र भत्तामा खर्च गर्थे होला । साँच्चै आज गर्व लाग्छ तिमीहरु बारे लेख्दा मेरो कलम पनि कति प्रफुल्ल भईरहेको छ । कलमले पनि आज आफैलाई भाग्यमानी ठानिरहेको छ ।
म तिमीहरुको यो परोपकारमा भौतिक रुपमा त सहभागी हुन सकिन तर नैतिक र आर्थिक रुपमा सहभागि हुन भने अवष्य चाहन्छु, म चाहन्छु गिरान चौरमा मेरो पनि पसिनाले मुछेर बनेका केहि ईटहरु थपिऊन्, म मात्र हैन म जस्ता बिदेशमा बसेर पनि हर क्षण नेपाल देख्ने र दुख्ने मनहरुका पनि पनि रगत र पसिनाले मुछेर हार्दिकताले पकाएका ईटहरु थपिऊन् भन्ने मेरो आशय हो ।
हो, तिमीहरुले ढुंगा मात्र कहाँ हो र चुनौतिको पहाड उचालेका छौ, ढलेका मन उचालेका छौ, देशको लागि केहि गर्न नसक्ने नालायक नेतृत्वहरुलाई नैतिक झापड हुने गरि एउटा गतिलो संकल्प उचालेका छौ , बिदेशिएका आधा करोड युवाको तर्फबाट म तिमीहरुलाई प्रोत्साहन र प्रशंसाका गुच्छाहरु अर्पण गर्न चाहन्छु । र तिमीहरुको पवित्र कामको सफलताको शुभकामना दिन चाहन्छु ।
हो धुर्मुर सुन्तु तिमीहरुको सोच महान् थियोस् भुकम्पले आफन्त गुमाएको बेला जनता हँसाउनु उचित हुने थिएन , मान्छेहरु घरवार बिहीन भएको बेला बिदेश घुम्नु उचित थिएन त्यसैले तिमीहरु अमेरिकाबाटै फर्क्यौ, मान्छेको सपनाको देशबाट फर्क्यौ र घाईतेहरुको मलहम पट्टिगर्न तल्लीन भयौ, त्यसैले त सबैको प्रिय बन्यौ ।
तिमीहरु एउटा गरीबको बस्ती बनाउन यति अटल भईरहँदा सरकारमा बसेकाहरु भागबन्डामै बितन्डा मच्याएको देख्दा यस्तो लाग्छस् धुर्मुर सुन्तु १ तिमीहरु हाम्रो प्यारो नेता बनेर किन जन्मेनौ रु साँच्चै तिमीहरुले बनाएको बस्ती जस्तै हामीले भोगेको राजनीति पनि नमूना भईदिएको भए १ तिमीहरुकै निगाहले गर्दा धेरै भत्किएका मनहरुले यो दसैंमा आफ्नै घरमा बसेर टीका थाप्दा पाएका आशिर्वादहरुले तिमीहरुलाई कति भाग्यमानी बनाउला है १ त्यो वस्तीमा आफ्नो गच्छे अनुसार सहयोग गरेर धेरै परोपकारी मनहरुले केहि न केहि आशिर्वाद पाऊन् भन्ने मेरो पनि चासो हो ।
अन्तमा तिमीहरुको आदर्शले कहिल्यै नहारोस्, तिम्रो पवित्र समाजसेवामा कसैले औला नठड्याओस र तिमीहरुको यो पुण्य कामलाई गिरानचौर मात्र हैन हरेक सहृदयी मनहरुले सधै संझिरहने छन् । तिमीहरु अहोरात्र खटिरहँदा राज्यका सरोकारवाला निकायको तन्द्रा भंग होस भन्दै तिमीहरुको पवित्र कामको सफलताको लागि लाखौँलाख कामना गर्दछु ।
तिमीहरुको शुभचिन्तक दाजु
सरगम भट्टराई
प्रतिक्रिया