मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

खोल्सामा खसेर वृद्धको मृत्यु

खोल्सामा खसेर वृद्धको मृत्यु


चितवन । पश्चिम चितवनको नारायणी नगरपालिका–८ रङ्गिला निवासी ६२ वर्षीय थमनसिंह गुरुङको मंगलबार राति खोल्सामा खसेर मृत्यु भएको छ । 
 
इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार, ज्वाइँ भीमबहादुर गुरुङको छोराको भात खुवाइमा खाना खाएर नारायणी नगरपालिका–७ रतनपुरबाट राति ९ः३० बजे घर फर्किने क्रममा मुस्कानचोक नजिकै खोल्सामा खसेर गुरुङको मृत्यु भएको हो । 
 
प्रहरी निरीक्षक भुपालसिंह रानाका अनुसार साइकलमा घर जाँदै गरेका गुरुङको १२ फिट तल खोल्सामा ढुङ्गामा टाउको ठोक्किएर मृत्यु भएको हो । राति घर नआएपछि खोजतलासको क्रममा बुधबार बिहान गुरुङलाई मृत अवस्थामा भेटिएपछि परीक्षणका लागि भरतपुर पठाइएको उनले बताए । रासस