मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

यौन दुव्र्यवहारको आरोपमा होटल सञ्चालकसहित चार पक्राउ

यौन दुव्र्यवहारको आरोपमा होटल सञ्चालकसहित चार पक्राउ


दिक्तेल । होटलमा काम गर्ने महिला र उनकी नाबालिका छोरीलाई कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा होटल सञ्चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । 
 
दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दै आएकी महिला र उनकी तीन वर्षीया छोरीलाई कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा होटल सञ्चालक हरिप्रसाद आचार्य, प्रबन्ध निर्देशक दिलनारायण रिजालका छोरा कविराज रिजाल, श्रीमती कोपिलादेवी रिजाल र कामदार तिलक कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । 
 
पक्राउ परेका हरिप्रसाद, कविराज र तिलकविरुद्ध मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । कोपिलादेवीलाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । 
 
मिलापत्रपछि पीडकविरुद्ध उजुरी नपर्दा अनुसन्धान थाल्न अप्ठ्यारो भएको प्रहरीले बताएपछि राष्ट्रिय मानव अधिकार आयोगको लिखित निर्देशनपछि उनीहरुलाई सोमबार राति पक्राउ गरिएको हो । 
 
आमाछोरीमाथि भएको दुव्र्यवहारको घटना सार्वजनिक भएको हप्ता दिनपछि वैशाख २३ गते बिहीबार मिलापत्र गराएर पीडितलाई थप पीडित बनाइएको भन्दै आयोगको निर्देशनमा आयोगको टोली र प्रहरीले संयुक्त रुपमा आमाछोरीलाई उद्धार गरेको थियो । होटलमा काम गर्ने आमाछोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यवहारका घटनालाई मिलापत्रमा टुङ्ग्याउने प्रयास भएपछि आयोगको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो । 
 
मिलापत्र गराएर सोमबार राजधानी काठमाडौँ पठाउन लागिएको जानकारी पाएपछि प्रहरीलाई उद्धार गर्न आयोगले निर्देशन दिएको थियो । पीडितलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङमा महिला प्रहरीको संरक्षणमा राखिएको छ । 
 
उद्धारपछि प्रहरी संरक्षणमा पु¥याइएका महिलाले दबाबमा मिलापत्र गराइएको भन्दै आरोपितविरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ । कुटपिट र यौन दुव्र्यवहारका घटनामा मिलापत्र गरेको तीन दिनपछि आयोगको निर्देशनमा आयोगकै टोली र प्रहरीले पीडितलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालयको संरक्षणमा लगिएको हो । 
 
घाउजाँच केश फारमका लागि पीडित महिलाले वैशाख २१ गते प्रहरीलाई दिएको निवेदनमा होटलमा काम सुरु गरेको महिना दिनदेखि नै हरिप्रसादले दुव्र्यवहार गर्न खोजेको उल्लेख गरिएको छ । 

शेयर गर्नुहोस:

0
Shares