भक्तपुर । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले दैलेखमा रहेको इन्धनको अन्वेषणका लागि चिनियाँ टोली पुगिसकेको र नेपालका अन्य १० ठाउँमा रहेका इन्धनको समेत तत्कालै अन्वेषण गरिने बताउनुभएको छ ।
रक्त सञ्चार क्लबले यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सरकारले नेपालका सात प्रदेश उद्योग विस्तारका लागि करिब ३० लाख युवालाई रोजगारी दिइने तयारी गरेको बताउनुभयो ।
सरकारले देशको सात प्रदेशमा खोल्ने उद्योगले नेपालको आर्थिक परिवर्तनमा ठूलो भूमिका खेल्ने र देशलाई स्वावलम्बन बनाउने उहाँको जिकिर छ ।
मन्त्री पाण्डेयले सरकारले ल्याएको नीति तथा कार्यक्रम उद्योगमैत्री रहेको बताउँदै नेपाली उत्पादनलाई प्रोत्साहन गर्न उद्योगलाई विभिन्न किसिमका सहुलियत उपलब्ध गराइने जानकारी दिनुभयो । रासस
प्रतिक्रिया