मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्रकको ठक्करबाट युवतीको मृत्यु

ट्रकको ठक्करबाट युवतीको मृत्यु


राजविराज । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी एक युवतीको सोमबार राति उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कुशहा गाविस–१ की १७ वर्षीया मनकामना चौधरी रहेको प्रहरीले जनाएको छ । 
 
उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सोमबारराति मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ–५ स्थित सडकखण्डमा आइतबार राति उनलाई ट्रकले ठक्कर दिएको थियो । रासस