मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

यौन दुव्र्यवहार गर्नेविरुद्ध कारबाही थाल्न निर्देशन

यौन दुव्र्यवहार गर्नेविरुद्ध कारबाही थाल्न निर्देशन


खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगले आमाछोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यवहारको घटनामा पीडकविरुद्ध मुद्दा दर्ता गरेर कारबाही थाल्न प्रहरीलाई निर्देशन दिएको छ । घटनाको विषयमा जाहेरी नआएको भन्दै प्रहरीले कारबाहीको प्रक्रिया अगाडि नबढाएपछि पीडित महिला तथा उनकी छोरीका विषयमा गरिएको घाउ जाँच केश फारमकै आधारमा दोषीउपर किटानी जाहेरी दर्ता गरेर कारबाही थाल्न आयोगले प्रहरीलाई निर्देशन दिएको हो । 
 
आफूहरूमाथि कुटपिट तथा यौन दुव्र्यवहार भएपछि घाउ जाँच केश फारमका लागि प्रहरीमा दिएको निवेदनका आधारमा किटानी जाहेरी दर्ता गरेर कारबाही थाल्न निर्देशन दिइएको आयोगको उपक्षेत्रीय कार्यालय खोटाङका प्रमुख झङ्करबहादुर रावलले बताए । 
 
दिक्तेलस्थित होटल शुभदिनमा काम गर्ने क्रममा भएको कुटपिट तथा यौन दुव्र्यवहारका घटना मिलापत्रका कारण ओझेलमा परेको भन्दै आयोगले सोमबार जिल्ला प्रहरी कार्यालयलाई लिखित पत्र पठाएर घा जाँच केश फारमकै आधारमा दोषी उपर किटानी जाहेरी दर्ता गरेर कारबाही थाल्ने निर्देशन दिएको हो । 
 
प्रहरीलाई घटनाका विषयमा अनुसन्धान थाल्न, पीडितलाई संरक्षण केन्द्रमा सुरक्षितरुपमा राख्ने व्यवस्था मिलाउन र मनोसामाजिक परामर्शकर्ताबाट सामाजिक परामर्श दिएर ‘रिफ्रेस’ हुने वातावरण बनाउन पत्राचार गरिएको आयोगले जनाएको छ । 
 
महिला तथा नाबालिकामाथि भएको यौनजन्य घटना मित्रापत्रका कारण घा जाँच केश फारममै टुङ्गिन लागेपछि आयोगको ध्यानाकर्षण भएको हो । होटल सञ्चालकमध्येका हरिप्रसाद आचार्य र प्रबन्ध निर्देशक दीपनारायण रिजालको छोरा कविराज रिजालले कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै पीडित महिलाले वैशाख २१ गते मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा घा जाँज केश फारमका लागि निवेदन दिएपछि घटना बाहिर आएको हो । 
 
मिलापत्र गराएर राजधानी काठमाडौँ पठाउन लागेको जानकारी पाएपछि प्रहरीलाई उद्धार गर्न निर्देशन दिइएको आयोगले जनाएको छ । पीडित आमाछोरीलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङको महिला प्रहरीको संरक्षणमा राखिएको छ । 
 
काठमाडौँ माइती भएकी पीडित महिला २०६९ साल मङ्सिरमा विवाह गरेर खोटाङ आएकी र श्रीमान्ले छाडेपछि र परिवारबाट निकालिएपछि उनी दिक्तेलस्थित बालसेवा समाज नेर्पाको संरक्षणमा आइपुगेकी थिइन् । उनको माइतीतर्फका कोही आफन्त नभएका कारण पनि घरबाट निकालिएपछि संरक्षणमा बस्न बाध्य भएकी हुन् । रासस