मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

हास्य कालाकार सन्दिप क्षेत्रीले हँसाए दर्शक

हास्य कालाकार सन्दिप क्षेत्रीले हँसाए दर्शक


चितवन । टेलिभिजनको पर्दाबाट दर्शकलाई हसाउने कार्यक्रम प्रस्तोता तथा हास्य कालाकार संदिप क्षेत्री सोमबार नारायणगढको क्याम्पाचौरमा देखिए । 
 
दर्शकलाई विभिन्न हास्य विषयवस्तुमार्फत पेट मिचिमिचि हास्न बाध्य बनाउन माहिर संदिप आएको खवर सुनेर बुढा बुढि देखि तन्नेरीहरु पनि क्याम्पाचौरमा आएका थिए । सोमबार पनि संदिपले विभिन्न हास्य प्रसंग सुनाएर दर्शकलाई हसाएका थिए ।
 
संदिपलाई हेर्न आएका करिव ५ सय जना दर्शकहरु सुरुदेखि अन्तसम्म नै पेटमिचिमिचि हासेका थिए । विभिन्न रुप धारण गरी संदिपले हास्य प्रस्तुति गर्दा दर्शकहरुले हासो खप्न सकेनन् । संदिपलाई साथ दिएको थियो काठमाडौंको प्रयास ब्याण्डले । ब्याण्डले पछिल्ला विभिन्न लोकप्रीय नेपाली गितहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिएको थियो ।
 
संदिप क्षेत्रीलाई चितवनमा ल्याएको थियो कलर्स मोबाइलले । कलर्सको प्राइड सेरिजको प्रवद्र्धनको लागि प्राइड यात्रा मार्फत देश दौडाहामा लागेको कलर्स नारायणगढमा हास्य कार्यक्रमको आयोजना गरेको हो । कसर्लले प्राइडको प्रबद्र्धनका क्रममा यसअघि २३ गते विर्तामोड, २४ गते धरान र इटहरी, २५ गते लाहान, २६ गते वीरगञ्ज हुँदै २७ गते नारायणगढमा कार्यक्रम गरेको हो ।
 
नारायणगढको कार्यक्रमसँगै पहिले चरणको यात्रा सकिने कलर्स मोबाइलका निरु धौगोडाले बताइन् । यसपछि लगत्तै पश्चिममा पनि प्राइड यात्रा गरिने उनले बताइन् । कलर्सले प्राइड सेरिजका मोबाइलहरु ३ हजार ५ सयदेखि ९ हजार सम्ममा बजारमा ल्याएको छ ।
 
कलर्सले ‘कलर्स प्राइड, सजिलो भयो जिन्दगी’ भन्ने स्लोगानका साथ प्राइड यात्रा गरेको हो । कलर्सले विशेष गरी विद्यार्थी तथा निम्न वर्गका व्यक्तिहरुलाई लक्षित गरी सस्तो मुल्यमा एन्ड्रोइड मोबाइलका सबै फिचरहरु भएको मोबाइललाई बजारमा ल्याएको हो ।