मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लसएन्जल्समा प्रवासी मन्चको छलफल कार्यक्रम सम्पन्न

लसएन्जल्समा प्रवासी मन्चको छलफल कार्यक्रम सम्पन्न


हिमालय खबर संबाददाता-
लसएन्जल्स(अमेरिका)। में ८ का दिन प्रवासी मन्च क्यालिफोर्निया  लसएन्जल्स,च्याप्टरको आयोजनामा संगठनका अध्यक्ष विजय कटुवालको अध्यक्षतामा  कार्यसमितिको पदाधिकारीहरु र अन्य प्रवासी मन्चमा आवध्द समुदाय सदस्यहरुको बिचमा एक छलफल कार्यक्रम सम्पन्न भयो ।
 
छलफल कार्यक्रममा  नेपाल अमेरिका पत्रकार संघ (नेजा) को पाँचौ सम्मेलनको लागि आउनु भएकी ओएनएफ अमेरिका को दक्षिण पश्चिम क्षेत्र कि संयोजक तथा केन्द्रीय सदस्य यमुना भट्टराई प्रमुख अतिथि हुनुहुन्थो ।
 
प्रमुख अतिथि भट्टराईले   प्रवासमा रहेर संगठन बिस्तार गर्दा समुदायस्तरमा आईपर्ने समस्या तथा चुनौती बारे आफ्नो अनुभव व्यक्त गर्नुभयो साथै संगठन बिस्तार तथा निरन्तरताको बिषयमा समय अनुकूल छलफल गर्दै स्थानिय संघ संस्था बिच समन्वय र सहकार्यताको ज़रूरी छ र सगठनप्रति सबैमा  एकताको साथ सामाजिक उत्तरदायित्वको वोध हुनुपर्छ भनि जोड़ दिनुभयो र अध्यक्ष कटुवालले आगामी दिनहरुमा नयाँ सोचका साथ संगठनका  गतिबिधि बढाउने एवं स्थानिय नेपाली समुदायमा संगठनलाई विस्तार गर्दै जाने प्रतिबध्दता राख्नुभयो ।