मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मानसिक सन्तुलन गुमाएका तीनको उद्धार

मानसिक सन्तुलन गुमाएका तीनको उद्धार


चितवन । चितवनको नारायणगढबाट मानसिक सन्तुलन गुमाएका तीनजनाको उद्धार गरिएको छ । सन्तुलन गुमाएर सडकपेटीमा आश्रय लिन बाध्य भएका तीनजनालाई बिहीबार उद्धार गरिएको हो । विभिन्न कारणले बेवारिसे भई जीवन बिताइरहेका व्यक्तिलाई सेवा दिनेक्रममा उनीहरूको उद्धार गरी भरतपुरको बाइपास रोडमा रहेको मानव सेवा आश्रममा ल्याइएको जनाइएको छ ।
 
उद्धार गरिएकामा  अन्दाजी २७ वर्षीया एक महिला, ३० वर्षीय पुरुष र ४० वर्षको देखिने तेस्रो लिङ्गी रहेको आश्रमले जनाएको छ जसमध्ये तीनैजनाको मानसिक सन्तुलन गुमेको र नाम खुल्न नसकेको आश्रमकी संयोजक रुपा केसीले जानकारी दिइन् । पारिवारिक बेमेलजस्ता मुख्य कारणले आज मानिस सडकमा आउने गरेको देखिएको केसीले बताइन् । 
 
हेटौँडा, चितवन र काठमाडौँ गरी आजसम्म ४५० भन्दा बढीको सडकका पेटीमा कष्टकर अवस्थामा जीवनयापन गरिरहेको अवस्थाबाट उद्धार गरिएको जनाइएको छ । ८० जनालाई परिवार पत्तालागेपश्चात् परिवारमा पारिवारिक पुनर्मिलन गराइएको जनाइएको छ । शुक्रबारसम्म भरतपुर–१० बाइपासरोडस्थित आश्रममा विभिन्न उमेर समूहका ४२ जनाले उद्धारपछि सेवा पाइरहेका छन् । रासस